सीता दाहाल अस्पताल भर्ना

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको डा. युवराज शर्मालगायतको टोलीले उपचार सुरु गरेको छ ।

सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् ।

सोको निदानका लागि दाहालको सिंगापुर, दिल्लीलगायतका अस्पतालमा उपचार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *