जापान आउनु पूर्व ,जपानको नियम कानुन, यहाँको जीवन सैली र जपानको भिजा कहिले लाग्ला र जापान पुगौला अनि लाखौ लाख रुपैया कमाउला भन्ने सोच रहेको हुन्छ अधिकांश बिध्यार्थीहरूको |तर बास्तवीक्ता भने अलिकति फरक छ |
पछिल्लो समय जापान सरकारले बिशेष गरी नेपाली बिद्यार्थीको भिजा मा कड़ाई गर्न थालेपछि बिद्यार्थी भिजामा जापान आएका अधिकांश बिध्यार्थीहरु दुबिधामा परेका छन
|जापान सरकारको नियम अनुसार जापानमा अध्यन गर्न आउने बिदेशी बिध्यार्थिका लागि २८ घन्टा हप्तामा मात्रै काम गर्न पाउने प्राब्धान छ ,थप भिजा प्रक्रियाकालागि स्कूलमा हुने उपस्थिति पनि मुक्य आधार हुन जान्छ ,२८ घन्टा भन्दा बड़ी काम गर्ने र कझा कोठामा पढाई भैरहेको बेलामा सुत्ने भन्दै बिध्यार्थी भिजामा कड़ाई गरेको हो |






