लन्डन -विज्ञ सम्मेलनबाट तयार पारिएको श्वेतपत्र नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । यसअघि नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएसकिएको छ । त्यस्तै, गैर आवासीय नेपाली संघको टोलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भेट गरि श्वेत पत्र हस्तान्तरण गरेको छ ।
एनआरएन उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, संरक्षक रामप्रताप थापा, सपीला राजभण्डारी, महासचिव डा. बद्री केसीलगायतको टोलीले एनआरएन नागरिकतालगायतका विषयमा पनि छलफल गरेको थियो ।






