शिव भण्डारी

लन्डन  । बेलायतमा बसोबास गर्ने गुरुङहरुले आफनो महान पर्व ल्होछार भब्य रुपमा मनाएका छन् । तमुधीं लन्डन एकाईको आयोजनामा शनिबार ग्रिनफोड टावन हलमा एक विशेष कार्यक्रमकाबीच भब्य रुपमा ल्होछार मनाएका हुन ।

बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्ने गुरुङहरुले महान पर्व ल्होछार मनाउने क्रममा तमु धीं लन्डन एकाईको यस वर्षको ल्होछार कार्यक्रममा हजारौ तमुहरु सहभागी भएर भब्य रुपमा ल्होछार पर्व मनाइएको हो ।

तमुहरुको धार्मिक परम्परा अनुसार कुकुर वर्गको विदाइ र मृग वर्गको स्वागत गर्दै हर्षोल्लासका साथ ‘फो ल्होछार’ मनाइएको छ । ल्होछार कार्यक्रमको सुरुमै समाजका वर्षभरमा निधन भएका सदस्यहरुलाई श्रद्धाञ्जली दिंदै १ मिनेट मौनधारण गरिएको थियो ।

ल्होछार कार्यक्रमको उद्घाटन प्रमुख अतिथी बिशेष अतिथी धर्मगुरु,संस्थाका उच्व व्यक्तित्वहरु लगयतले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो ।

तमु धीं लन्डन एकाईका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायती संसदका माननीय सांसद रोबट जोन बब ब्याल्कमेन थिए । कार्यक्रममा बोल्दै सांसद बब ब्याल्कमेनले तमु धीं लन्डन एकाईले ल्होछारमा निमन्त्रणा गरेकोमा विशेष धन्यवाद दिर्दै खुसी ब्यक्त गरे । लन्डनमा यति भब्य रुपमा नेपाली चार्ड पर्व मनाउन पाउनु खुसीको कुरा भएको बताउँदै कार्यक्रममा निम्तो दिएकोमा आयोजकलाई विशेष धन्यवाद ब्यक्त गरेका हुन ।

औपचारिक कार्यक्रम सञ्चालन गर्दै समाजका महासचिव भरत गुरुङले सबै उपस्थितहरुलाई हार्दिकता ब्यक्त गरे। कार्यक्रम संयोजक एवं समाजका उपाध्यक्ष चेत गुरुङले उपस्थित सबैमा हार्दिक धन्यवाद दिदै ११ औ तमु धीं लन्डन एकाईको ल्होछार अवसरमा सम्पूर्णमा उत्तोरउत्तर प्रगतिको कामना गरे । कार्यक्रमको आरम्भ मै स्याङजा जिल्लामै जन्मिएका लामा धर्म गुरु खेम्पो सन्तोष गुरुङको प्रवचन पुजा एबम बरिस्ट धर्म गुरु खुशीमान गुरुङको ल्होछारको शुभकामना संदेशबाट शूरु भएको थियो ।

कार्यक्रममा  उपाध्यक्ष विष्णु गुरुङले स्वागत तथा हेल्थ एन्ड सेप्टीको बारेमा जानकारी गराएका थिए ।

त्यसअवसरमा तमु धिं यूकेका नवनिर्वाचित पदाधिकारी हरुलाइ विशेष सम्मान गरिएको थियो । मन्तब्य राख्ने क्रममा तमु धिं यूकेका कार्यबाहक अध्यक्ष हितकाजी गुरुङले शुभकामना व्यक्त गर्दै तमु धीं लन्डन इकाईले सामाजिक काममा 
प्रशंसनीय कार्य गरिरहेको समेत बताए ।

त्यसैगरी समाजको स्थापनाकाल देखि अनवरतरुपमा विभिन्न महत्वपूर्ण पदहरुमा रहेर योगदान गरेका महानुभावहरुलाई तमु धिं लण्डन इकाईको तर्फबाट विशेष सम्मान गरिएको थियो ।

सो कार्यक्रमलाई सफल पार्न सम्पूर्ण आमा समूहको बिशेष भूमिका रहेको थियो। कार्यक्रममा आमा समूह अध्यक्ष दिलमाया गुरुङले शुभकामना ब्यक्त गरिन् । समाजका पूर्व अध्यक्ष तथा समाजका सल्लाहकार दीपक गुरुङ (डेबिड)ले समाजलाई आफ्नो मौलिक कला, पहिचान र संस्कृति जोगाउंदै सामाजिक सेवामा 
निरन्तर अगाडि बढिरहन आव्हान गरे ।

समाजले सोही अवसरमा आफना नयां आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र बितरण गरि समाजमा औपचारिक रुपमा स्वागत गरिएको थियो।

कार्यक्रममा एनआरएनए युके अध्यक्ष योग कुमार फगामी,उपाध्यक्ष पुनम गुरुङ, महासचिव आरके त्रिपाठी,एनआरएन युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, काउन्सिलर लक्ष्य गुरुङ, तमु धिं यूकेका उपाध्यक्षहरु हितकाजी गुरुङ, हरि गुरुङ, जुम काजी गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र सुर्जे गुरुङ,सुबाश गुरुङ साहारा यूके.अध्यक्ष कुमार गुरुङ्, नि वर्तमान अध्यक्ष मिनबहादुर गुरुङ (साइँला) लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि लगायतका अतिथिहरुको उपस्थिति थियो ।

निकै भब्य र सब्य रुपमा सम्पन्न कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो भने दोस्रो चरणमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै मनोरन्जन प्रदान गरियो ।

कार्यक्रमको दोस्रो चरणमा मिस यूके नेपाल सृजना गुरुङ र सन्जु घलेले आकर्षक शैलीमा कार्यक्रमको सञ्चालन गरेका थिए । साँस्कृतिक कार्यक्रममा विष्णु, हिसीला र पुनम गुरुङले उत्कृष्ट नाच प्रस्तुत गरेका थिए ।

साथै नेपालका आएका चर्चीत गायक टंक बुढाथोकीले धन बीनाको मन ठूलो कि मन बीनाको धन’ भन्ने बोलको गीत गाउँदा हल गुञ्जायसमाय बन्यो । गायक बुढाथोकीले गीत प्रस्तुत गर्दा दिदीबहीनीहरु भावुकसमेत बनेका थिए । केहि समय भावुक बनेका दिदीबहिनीहरुले छमछमी नाच्दै भरमग्दूर मनोरञ्जन लिएको देखिन्थ्यो ।

नेपालबाट आएका गायीका अनु गुरुङले सालैजो गाउँदा उपस्थित सबै नाचे भने  गायक गोविन गुरुङले सबैलाई नचाए ।

कार्यक्रममा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्कने वेशभूषा र नाचगान प्रदर्शन गरिनुका साथै अन्य स्थानीय कलाकारका गीत, नृत्यसहित विशेष प्रस्तुति रहेको थियो । मिना आलेले गित प्रस्तुत गरिन भने लक्ष्मी, रिता र दुर्गा गुरुङले नाच प्रस्तुत गरे । 

कार्यक्रमको अन्तमा कार्यक्रममा सहभागि सबैलाई इभेन्ट कोअर्डिनेटर तथा समाजका उपाध्यक्ष चेत गुरुङले धन्यवाद दिर्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा सपन इन्टरटेन्टमेंनका सपनकुमार राईको व्यवस्थापनमा साउण्ड सिस्टम रहेको थियो,भने गोर्खा किचनको स्वादिस्ट भोजन रहेको थियो ।

ल्होछारको अवसरमा तमुहरूको मौलिक वेशभुषामा युवा तथा वृद्धवृद्धाहरू सहभागी बनेका थिए ।

फेसबुक कमेन्ट