अमेरिकी राष्ट्रपति पदमा हिन्दु सांसदले उम्मेदवारी दिने

अमेरिका । अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् ।

उनले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेसंगै अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले उम्मेदवारी दिन लागेका हुन ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावमा बर्नी सैंडर्सको समर्थनमा जुटेकी गवार्ड डेमोक्रेटिक नेशनल पार्टीका उपाध्यक्ष रहेकोमा सैंडर्सको समर्थनपछी पदबाट राजीनामा दिएकी थिइन् ।

सन् १९८१ मा अमेरिकाको समोआमा जन्मेकी ३७ बर्षीया गवार्ड अमेरिकी हवाई सेनामा नेशनल गार्डको रुपमा रही इराक युद्धमा समेत सामेल भएकी थिइन भने २०१५ मा अमेरिकी सेनाको मेजर समेत रहेकी थिइन ।(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *