सरकारले भन्यो– न्यायिक समितिको छानबिन प्रतिवेदन नआएसम्म वाइडबडी प्रकरण टुंगोमा पुग्दैन

काठमाडौं– नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिद प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक समितिले प्रतिवेदन नबुझाएसम्म यस सम्बन्धमा थप कुनै निर्णय नहुने बताएको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले आयोगले प्रतिवेदन तयार पारेपछि मात्रै वाइबढी प्रकरणमा किनारा लाग्ने बताए ।

सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले लेखा समितिभित्रै वाइबडी प्रकरणमा तयार पारिएको प्रतिवेदन विवादमा तानिएको अवस्थामा सरकारले गठन गरेको समिति स्वाभाविक भएको बताए ।

छानबिन समितिले ४५ दिनभित्र प्रतिवेदन तयार गर्ने कार्यादेश बोकेको भन्दै मन्त्री बास्कोटाले भने, ‘उच्चस्तरीय न्यायिक समिति कुनै ढाकछोपका लागि होइन । विपक्षी दलका नेता (शेरबहादुर देउवा) समेतको सुझावको आधारमा सरकारले समिति बनाएको हो । समितिले प्रतिवेदन प्रतिवेदन तयार नपारेसम्म यो विषयले अन्तिम किनारा नपाउने जानकारी गराउँछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *