मिस नेपाल शृंखला खतिवडा फ्रान्स सद्भावनादूत नियुक्त

काठमाडौं- नेपाल र फ्रान्सबीचको दौत्य सम्बन्ध ७० वर्ष पुगेको अवसरमा मिस नेपाल शृंखला खतिवडालाई सद्भावनादूत नियुक्त गरिएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा फ्रान्सको युरोप तथा विदेश मन्त्रालयका सचिव मोरिस गुर्दो मोन्तान र पराराष्ट्रसचिव शंकरदास बैरागीले खतिवडालाई सद्भावनादूतको पत्र हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा १४ वर्षीय आयुष कुँवरले तयार पारेको लोगोसमेत सार्वजनिक गरिएको थियो ।

दुवै देशले संयुक्तरुपमा वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *