शिव भण्डारी /लन्डन

विश्वभरीका एनआरएनहरु काठमाडौं भेला भएका छन् । एनआरएनका आइसिसी पदाधिकारीदेखि क्षेत्रीय संयोजक सल्लाहकारसम्म काठमाडौं पुगेका हुन । यही जनवरी ११ तारिखका दिन काठमाडौंमा हुन लागेको फेस टु फेस बैठकका लागि उनीहरु काठमाडौं पुगेका हुन ।

प्राप्त जानकारी अनुसार अहिलेसम्म एनआरएन आइसिसी उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, ओसनीय क्षेत्रका संयोजक धर्मराज अधिकारी काठमाडौं पुगिसकेका छन् भने एनआरएन सल्लाहकार रामप्रताप थापा जर्मनीबाट हिडिसकेका छन् ।

विश्वभरीका एनआरएनका आइसिसी अन्तर्गत रहेका एनआरएनका आइसिसी पदाधिकारी, आइसिसी सदस्य, सल्लाहकार, विभिन्न समितिका संयोजक सम्मिलीत फेस टु फेस बैठक आह्रवान गरिएको हो ।

विधानतस् एनआरएनको तीन तीन महिनामा स्काईभमार्फत बैठक बस्दै आएको छ । तर शुक्रबार बस्ने फेस टु फेस बैठकलाई भने निकै अर्थपूर्ण रुपमा लिइएको छ । एनआएनले गत वर्ष धुलिखेलमा फेस टु फेस बैठक आह्रवान गरेको थियो । सो बैठकले एक वर्षको कार्यप्रगति समिक्षा गर्दै आगामी रणनीति तय गरेको थियो ।

एनआरएन आइसिसी अध्यक्ष भवन भट्टका अनुसार फेस टु फेस बैठकमार्फत एनआरएनको कार्यप्रगतिको समिक्षा र आगामी योजनाको विषयमा गहिरो छलफल हुनेछ । एनआएन आइसिसी महासचिव बद्री केसीका अनुसार बैठकले आठौ विश्व सम्मेलनपछिको नेतृत्वका कार्यप्रगतिको समिक्षा गर्नेछ भने बाँकि समयमा गर्न सकिने कार्यको टुंगो लगाउनेछ । बैठकका लागि विभिन्न विषयमा एजेन्डा तय गरिएको र सोही अनुसार बैठक सञ्चालन हुने महासचिव केसीले जानकारी गराउनुभयो । तर बैठक बस्ने ठाउँको भने टुंगो लागिसकेको छैन ।

फेसबुक कमेन्ट