काठमाडौं, १२ पुस– उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले कानुन निर्माणमा सक्रिय सहभागी हुन अपिल गर्नुभएको छ ।
संयुक्त ट्रेड युनियन केन्द्रले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाङ्फेले कानुन निर्माणमा चासो राख्न अपिल गर्नुभएको हो । ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता पनि संविधानबाटै भएको उल्लेख गर्दै उहाँले संघीय संसदबाट हुने कानुन संशोधनमा सहभागी हुन आग्रह गर्नुभएको हो ।
आगामी फागुन दोस्रो साताभित्र संविधानसँग बाझिएका झन्डै पौने दुई सय कानुन गर्नुपर्छ । कानुन मन्त्रालयको अध्ययनले प्रचलित ३ सय ३९ कानुनमध्ये १ सय ७४ वटा संशोधन वा नयाँ बनाउनुपर्ने औंल्याएको छ ।
उपसभामुखले संयुक्त ट्रेड युनियन केन्द्रले दलीय घेराबाट बाहिरिएर आफ्नो अधिकारका लागि केन्द्रित भएकोमा खुसी व्यक्त गर्नुभयो ।






