हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएन) एसिया प्यासेशिफकको छैठौ तथा प्रथम महिला सम्मेलन हङकङमा भब्य रुपमा सम्पन्न गरियो । हङकङ एनआरएनको सम्पूर्ण ब्यवस्थापनमा सम्पन्न हङकङ सम्मेलनले सबैबाट वाहा वाहा पाएको छ । महिला नेतृत्वमा रहेको एनआरएन हङकङले सम्मेलन निकै भब्य रुपमा सम्पन्न गरेको भन्दै र हङकङ एनआरएनएनको क्रेज बढाउन सफल भएको एनआरएनका अगुवाहरुले विश्लेषण गर्नुभएको छ ।
त्यसमाथि एनआरएन आइसिसी संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले १५ वर्षमा अहिलेसम्मकै सबैभन्दा भब्य सम्मेलनको संज्ञा दिनुभएपछि एनआरएन हङकङको क्रेज बढाउन सफल भएको हो । सम्मेलनले महत्तोलाईसमेत प्रभावीत पारेपछि सम्मेलनको ब्यवस्थापनलाई स्पष्ट पार्छ । एनआरएनको इतिहासमा यति भब्य र सब्य रुपमा पहिलो पटक क्षेत्रीयस्तरको सम्मेलन आयोजना भएको महत्तोको मूल्यांकन रह्यो ।
सो क्रममा महत्तोले एनआरएन हङकङ अध्यक्ष एवं सम्मेलन तयारी समिति सदस्य सचिव राधिका गुरुङ (टिका ) लाई सम्मेलन अहिलेसम्मकै ऐतिहासिक र भब्य रुपमा सम्पन्न गरेको भन्दै धन्यवाद दिनुभयो । महत्तोले एनआरएन स्थापनाको १५ वर्षको इतिहासमा सबैभन्दा भब्य र सब्य रुपमा ब्यवस्थापन गरि कार्यक्रम सफल हुनु महिला नेतृत्वको सबैभन्दा ठूलो सफलता भएको बताउनुभयो । महिला नेतृत्वले यति ठूलो कार्यक्रम गर्न सक्दो रहेछ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो, महत्तोले भन्नुभयो, हङकङ सम्मेलनबाट सबैले पाठ सिक्न जरुरी देखियो ।
त्यस्तै, एनआरएन संस्थापक अध्यक्ष महत्तोले जस्तै सम्मेलनमा सहभागि अधिकांश आइसिसी पदाधिकारीदेखि विभिन्न क्षेत्रका क्षेत्रीय संयोजक तथा प्रतिनिधिहरुले सम्मेलन निकै उपलब्धीमूलक र भब्य रुपमा सम्पन्न भएको प्रतिक्रिया दिनुभयो ।
सम्मेलनमा सहभागि एनआरएन ओसनीया क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी महिलाको नेतृत्वमा यती भब्य र सब्य रुपमा कार्यक्रम सम्पन्न हुनु एनआरएनको लागि गौरवको कुरा भएको बताउनुहुन्छ । महिला नेतृत्वमा रहेको एनआरएन हङकङले सम्मेलन आयोजना गर्ने साहस गर्नु नै सबैभन्दा ठूलो कुरा भए पनि सम्मेलन अन्य क्षेत्रको भन्दा भब्य रुपमा सम्पन्न हुनु खुसीको कुरा भएको बताउनुभयो । सम्मेलन छोटो समय निकै भब्य र उपलब्धीमूलक भएको संयोजक अधिकारीको भनाइ छ ।
सम्मेलनमा सहभागि एनआरएन जापानको महिला संयोजक सविता श्रेष्ठ सम्मेलनले जारी गरेका घोषणापत्र उपलब्धीमूलक भएको बताउनुहुन्छ । प्रथम महिला सम्मेलन पनि भएकाले सम्मेलनले महिलाहरुको विषयलाई समेटेर घोषणापत्र जारी गरिएको भन्दै संयोजक श्रेष्ठले भन्नुभयो, हङकङ सम्मेलन महिलाहरुको लागि मात्र नभई सबैको लागि उपलब्धीमूलक रह्यो । एनआरएन हङकङले गरेको तयारी र खटाइको प्रतिफल सम्मेलनमा देखियो । त्यसको लागि विशेष गरि एनआरएन हङकङ अध्यक्ष टिका गुरुङ दिदीप्रति आभार ब्यक्त गर्न चाहान्छु ।
उता एनआरए कोरिया अध्यक्ष लक्ष्मी गुरुङ पनि महिला नेतृत्वमा रहेको एनआरएन हङकङको सफलताले आफूलाई पनि पाठ सिकाएको र महिलालाई जिम्मेवारी दिएमा जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्न सक्छन भन्ने थप आत्मबल मिलेको प्रतिक्रिया दिनुभयो । छोटो समय भएकाले बृस्तृत रुपमा छलफल गर्न नसकिए पनि सम्मेलन उपलब्धीमूलक रहेको अध्यक्ष गुरुङको भनाइ छ ।
एनआरएन मलेसिया अध्यक्ष खगेन्द्र न्यौपाने पनि एनआरएन हङकङको कामलाई खुलेर प्रसंसा गर्नुहुन्छ । अध्यक्ष न्यौपाने एनआरएन हङकङ अध्यक्ष टिका गुरुङ नेतृत्वको सफलतालाई उपलब्धीमूलक भएको बताउँदै अझ अगाडि बढ्न शुभकामना समेत दिनुहुन्छ । सम्मेलन मलेसियाका नेपाली कामदारका समस्या समाधानमा कोशेढुंगा शावित भएको अध्यक्ष न्यौपाले बताउनुभयो ।
यता एनआरए मकाउ अध्यक्ष शान्तिदेवी अधिकारी सम्मेलनले जारी गरेको घोषणापत्रले सम्मेलनको महत्व दर्शाएको बताउनुहुन्छ । सम्मेलन आयोजना गर्नु आर्थिकदेखि हरेक हिसावबाट निकै कठिन भए पनि एनआरएन हङकङ विशेष गरि अध्यक्ष टिका गुरुङले सबैको भिसा लगाएर हङकङ भ्रमण गराउन सफल हुनु सबैभन्दा ठूलो सफलता भएको प्रतिक्रिया दिनुहुन्छ ।
एनआरएन हङकङ अध्यक्ष टिका गुरुङ भने सम्मेलन आयोजना गर्ने जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न पाएकोमा गौरवान्भित महसुस भइरहेको बताउनुहुन्छ । अध्यक्ष गुरुङ सम्मेलन आयोजना गर्ने जिम्मेवारी लिएर जापानबाट फर्किदा निकै ठूलो जिम्मेवारीको महसुस गरेको बताउँदै धेरैलाई हङकङ भिसा नपाएर सम्मेलन सफल हुँदैन कि भन्ने लागे पनि आफूले जिम्मेवारी पूरा गरेको बताउनुभयो । सम्मेलनमा आउन चाहानुहुने सबैको भिसा लगाउन सफल भएर सम्मेलनमा विश्वभरीका एनआरनबाट सहभागिता रहनुनै खुसीको कुरा भएको अध्यक्ष गुरुङले बताउनुभयो । सम्मेलनको लागि भिसा अप्लाईदेखि आर्थिक संकलन तथा अन्य ब्यवस्थापकमा आफूहरुको मिहेनत नै सफलताको अचुक बनेको अध्यक्ष गुरुङको भनाई छ ।
अध्यक्ष गुरुङले सम्मेलन भब्य र सब्य रुपमा सम्पन्न गरि एनआरएन हङकङबाट सबैलाई बिदाई गरिएको जानकारी दिनुभयो । ‘सबैभन्दा ठूलो कुरा हङकङ आउनुहुने सबै जना फिर्ता हुनु भएको छ’, उहाँले भन्नुभयो, ‘यो पनि सम्मेलनसँगै अर्को सफलता हो भन्ने लाग्छ ।’
यही डिसेम्बर ८ र ९ तारिख गरि दुई सम्म एनआरएन एसिया व्याशेफिकको छैठौ तथा महिलाहरुको प्रथम सम्मेलन हङकङमा आयोजना गरिएको थियो । क्षेत्रीय भनीए पनि यसको आयोजक भने हङकङ एनआरएनले गरेको थियो । विभिन्न एसिया प्याशेफिकका १८ देशका ३ सय भन्दा बढी प्रतिनिधि सहभागि सम्मेलन नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनमा उद्योगी तथा व्यवसायी राजेन्द्र खेतानसमेत सहभागि हुनुहुन्थ्यो । खेतानले नेपालमा लगानीको वातावरण रहेको भन्दै लगानी गर्न एनआरएनमा आह्रवान गर्नुभएको थियो । सम्मेलनमा संघका निवर्तमान अध्यक्ष शेष घले, संघका अध्यक्ष भवन भट्ट, वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहण गुरुङको समेत सहभागिता थियो ।
त्यस्तै, आइसिसीको तर्फका उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, महिला उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव बद्री केसी, महिला विभाग प्रमुख रजनी प्रधान, ओसनीया क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, यूरोप क्षेत्रका क्षेत्रीय संयोजक शिव कुमार बरुवाल, बेल्जियम अधयक्ष लोकप्रसाद दाहाल, एनआरएन मध्य पूर्वको तर्फबाट आइसिसी सदस्य मनोज गोर्खाली, युकेबाट आइसिसी सदस्य रामशरण शिमखडा, एनआरएन प्रवक्ता भूषण घिमिरे, सञ्चारकर्मीहरुलगायतको सहभागिता थियो ।
गैरआवासिय महिलाहरुको समस्या, बैदेशिक रोजगारमा रहेका महिलाको अवस्था र नेपालभित्र महिलाहरुलाई उद्यमशिलतामा गरिनुपर्ने प्रयासका विषयमा छलफल भएको थियो । सम्मेलनले विभिन्न विषयमा १५ बुँदे घोषणपत्रसमेत जारी गरेको छ । सम्मेलनका विभिन्न सेसन सञ्चालन गरिएको थियो ।
एनआरएनका विभिन्न क्षेत्रमा रहेका क्षेत्रीय समितिले हरेक वर्ष यस्तो सम्मेलन आयोजना गर्दै आएका छन् । यस वर्ष अमेरिकाज्, युरोप, मध्य पूर्व र ओसनीया क्षेत्रले क्षेत्रीयस्तरको सम्मेलन आयोजना गरिसकेका छन् ।






