कोरियामा नेपालीले गरे आत्महत्या

सउल । वैदेशिक रोजगारीका क्रममा कोरियामा रहेका  मोरङ  बेलबारीका २३ वर्षीय सुरेश नेपालले आत्महत्या गरेका छन् । केही दिनअघि मात्रै झापा धुलाबारीका छबिलाल भण्डारीले आत्महत्या गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा नेपालले आत्माहत्या गरेको जनाईएको छ । आठ महिनाअघि कोरिया आएका नेपाल  छन्जु क्षेत्रमा गाईफर्ममा काम गर्दै आएका थिए ।

chhabila-jhapaनेपाललाई उनी काम गर्ने नजिकैको रुखमा झुण्डिएको अवस्थामा स्थानीयबासीले शुक्रवार दिउसो फेला पारेका थिए । उक्त गाई फर्ममा नेपालीहरुमा  सुरेशले मात्रै काम गर्दै आएका थिए ।

घटनाको जानकारी पाउन साथ श्रमसहचारी अनिल गुरुङ्ग र मोरङ डाईनमिक कमिटीका अध्यक्ष डा. देवीबहादुर बस्नेतले शनिबार घटनास्थलमा पुगी जानकारी लिएका छन् ।

शरीरमा कुनै चोटपटक नदेखिएको र घाँटीमा मात्र डोरीको डाम देखिएको श्रम सहचारी गुरुङ्ले बताए । प्रहरीको निगरानीमा  स्थानीय हस्पिटलमा राखिएको नेपालको शव आवश्यक प्रक्रिया पुरा गरी चाँडै नेपाल पठाईने गुरुङले बताए ।