लन्डन- गैरआवासीय नेपाली संघ यूकेले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई ज्ञापन पत्र बुझाएको छ ।
बेलायत भ्रमणमा रहेका बेला एनआरएन यूकेले उपसभामुख तुम्बाहाङ्फेसहित अनेरास्ववियु अध्यक्ष एवं प्रतिनिधिसभा सांसद नविना लामा, पूर्वसांसद तारादेवी राई, राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष कमला थापालाई ज्ञापन पत्र बुझाएको हो ।
कार्यक्रम एनआरएन यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्नभएको थियो । कार्यक्रम सञ्चालन एनआरएन यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुशीला राईले गर्नुभएको थियो । स्वागत मन्तब्य उपाध्यक्ष पुनम गुरुङले गर्नुभएको थियो । कार्यक्रममा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य पनि अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।
एनआरएन यूकेले बुझाएको ज्ञापनपत्रमा नेपाल सरकारले गैर आवासीय नेपाली नागरिकता दिने संविधानत: व्यवस्था गरेको भए पनि नागरिकता प्राप्त गर्न केही असहजता भएको तथा गोर्खाहरुको नागरिकता निरन्तरताको दिन सुझावसहितको ज्ञापनपत्र बुझाइएको एनआरएनए युके उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुशीला राईले जानकारी दिनुभयो ।






