लण्डन । नेपालिज नर्सिंग एशोसिएसन यूकेको अध्यक्षमा विनोदविकास सिंखडा बिजयी भएका छन् । एशोसिएसनको आउँदो दुइ वर्षको नेतृत्वका लागि अध्यक्ष पदमा विनोदविकास सिंखडा र इन्दिरा बस्याल(तिवारी)को उम्मेदवारी बीच भएको निर्वाचनमा सिंखडा बिजयी भएका हुन् । निर्वाचनमा ६० मत प्राप्त गर्दै सिम्खडा अध्यक्ष पदमा निर्वाचित भए । ३३ मत प्राप्त गरेर अध्यक्षकी उम्मेदवार इन्दिरा बस्याल पराजित बनिन् ।
शनिबार लण्डनको साउथ हयारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा सम्पन्न एशोसिएसनको अधिवेसनले सिंखडाको नेतृत्वमा नया कार्यसमिति निर्बाचित भएको हो ।
यसै गरी एशोसिएसनको नयां कार्यसमितिको उपाध्यक्ष पदमा सुनिता गौतम (थापा) बिजयी बनेकी छिन् ।
महासचिव र कोषाध्यक्ष भने निर्विरोध चयन
महासचिव र कोषाध्यक्षमा तथा अरु सबै पदहरुमा भने एक एक जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएको छ ।
महासचिवमा रस्मिता दर्लामी,कोषाध्यक्ष बिनु लामिछाने, सांस्कृतिक सचिव राफी श्रेष्ठ, सहकोषाध्यक्ष आज्ञा खनाल ढकाल तथा सदस्यहरु अञ्जना सापकोटा खतिवडा , रञ्जना केसी अधिकारी, कल्पना घिमिरे, ज्ञानु अधिकारी, शोभा बोहोरा, सरिता रिजाल र राजत्री पाण्डे थापा छन् ।
नेतृत्व चयनका लागि निर्वाचन समिति संयोजक अजिता सिम्खडा, सोलिसिटर राजु थापा, र बासु लामिछाने सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन पर्यवेक्षक सोलिसिटर राजु थापाले शपथ ग्रहण गराएका थिए ।
एशोसिएसनमा यसअघिको कार्यसमितिमा प्रसुना कंडेल सर्वसम्मतिमा अध्यक्ष बनेकी थिइन् ।
सन् २००८ मा स्थापित एशोसिएसनमा अहिले बेलायतमा कार्यररत ३ सय बढि नर्सहरु सक्रिय रुपमै आबद्ध छन् । गतसाल मात्रै च्यारिटीमा समेत दर्ता भइसकेको एशोसिएसनले नेपालमा कैयौं च्यारिटीका कामहरु गर्दै आएको छ ।
हेर्नुहोस : लन्डन नेपाल न्युज डटकमका लागि प्रकास कंडेलको सहयोगमा शिब भण्डारीले लिएको स्थलगत भिडियो रिपोर्ट ,






