क्यामरुनलाई हराएको खेलमा नेइमार घाइते, मेक्सिकोमाथि अर्जेन्टिनाको जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई १–० गोलले पराजित गरेको छ। मंगलबार राति भएको खेलमा ब्राजिलको जितमा रिचार्डलिसनले खेलको ४५ मिनेटमा गोल गरेका थिए।

खेलमा ब्राजिलका फरवार्ड नेइमार घाइते भएका छन्। उनी खेलको छैटौं मिनेटमै घाइते भएका थिए। मसलमा समस्या देखिएपछि उनी मैदान छाड्न बाध्य भएका थिए।

यता अर्को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हराएको छ। अर्जेन्टिनाका लागि माउरो इकार्डीले दोस्रो र पाब्लो डिबालाले ८७ मिनेटमा गोल गरेका थिए। खेलमा मेसी अनुपस्थिति थिए।

यस्तै फ्रान्सले उरुग्वेमाथि १–० गोलको जित निकालेको छ। फ्रान्सको जितमा ओलिभर जिरुडले खेलको ५२ मिनेटमा गोल गरेका थिए। खेलमा फ्रेन्च स्ट्राइकर केलियन एमबाप्पे घाइते भएका थिए।

अन्य खेलमा इटालीले अमेरिकालाई १-०, अस्ट्रेलियाले लेवनानलाई ३–०, दक्षिण कोरियाले उज्वेकिस्तानलाई ४–० र जापानले किर्गिस्तानलाई ४–० गोलले हराएका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *