बजेटमा मेसिन रिडेबल र ई-पासपोर्टको व्यवस्था

cy{dGqL 8f /fdz/0f dxtn] cfly{s jif{ @)&@÷)&# sf] /fh:j cfosf] cg'dfg -ah]6_ Joj:yflksf–;+;bdf k|:t't ug'{ cuf8L lj|km{s]z vf]Nb} . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ, २९ असार । सरकारले आगामी आर्थिक वर्षभित्र सबै हस्तलिखित राहदानीलाई यन्त्रले पढ्ने (मेसिन रिडेबल) राहदानीले प्रतिस्थापन गर्नुका साथै विद्युतीय राहदानी (ई-पासपोर्ट) को सुरुवात गर्ने भएको छ । सरकारले आज व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा अध्यागमनसम्बन्धी प्रक्रियालाई सरल र स्वचालित गर्ने जनाइएको छ । साथै आगामी आर्थिक वर्षदेखि विद्युतीय प्रवेशाज्ञा प्रणालीको थालनी हुने भएको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा रामशरण महतले विदेशस्थित नेपाली नियोगहरूलाई वैदेशिक लगानी, पर्यटन, निर्यात व्यापार प्रवद्र्धनमा योगदान पु-याउने गरी आर्थिक कूटनीति परिचालन गर्न सक्षम तुल्याइने बताउनुभयो । नेपाली नियोगहरूका लागि आवश्यक घर तथा जग्गा खरिदलाई प्राथमिकतामा राखिएको बताउँदै त्यसका लागि रू. दुई अर्ब विनियोजन गरिएको जानकारी दिनुभयो ।