आर.बी.बुढाथोक /मल्टी कुजिन सेफ, सोल्टी ,
मिठाइ भन्ने बित्तिकै तपाईं हामी जो कसैको मुख पनि रसायर आउँछ। बजारमा किनेका मिठाइहरु ताजा र स्वस्थ्यकर नहुने हुँदा साथै बिभिन्न अखाध्या पदर्थ मिसावट गरेर बनाइने हुँदा घरमा केही समय खर्चेर आफुलाई आबश्यक केही सामान्य र ताजा बनाउनु उत्तम मानिन्छ ।
यहाँ सेल रोटी लगाएत तिहारमा प्रयोग हुने केही मिठाइका परीकारका विवरण र बनाउने तरिका छोटकारीमा पेश गरिएको छ ।
-सेलरोटी सामाग्री :-
चामलको पिठो १ केजी, चिनी २५०ग्राम,सोडा अथबा बेकिङ पाउडर आधा चम्चा,काजु १५० ग्राम,दुध आबश्यक्ता अनुसार,केरा २ कोसा, घिउ ५०० ग्राम तेल आबस्यकता अनुसार बिधी :-
चामललाई घटिमामा नि एस् घण्टा पानीमा भिजाएर राख्नुस र दुध हालेर ब्यालेण्डरमा केही खस्रो हुने गरी बल्यान्ण्ड गर्नुस,चिनी काजु,केरा र पगालेको २ चम्चा घिउ पनि हालेर एक छिन अरु बल्याण्ड गनुस र एक सोडा र मैदा हालेर एक रात छोड्दिनस। भोली पल्ट तातेको तलमा बाँकी घिउ हालेर सेल बनाउन थालनुस। सकेसम्म नरम सेल राम्रो मानिन्छ ।
-फिनी/पत्रे रोटी सामाग्री:-
१ केजी मैदा,५० ग्राम घिउ,२ कप पानी,आधा कप चिनी पाउडर,एक र आधा लिटर तेल( तार्नको लागि ) साठोको लागि २०० ग्राम बटर या घिउ,१ कप चामलको पिठो बिधी:-मैदा घिउ हालेर बिस्तारै बिस्तारै मुछ्दै जाने र पानी पनि थप्दै जानु पर्छ र पिठो मुछीसकेपछी एक साइड लगाएर राख्ने । केही समय पछी पिठोको डल्लालाई ठीक्क ठीक्कको पेडा बनाएर मिलाउने र बाटर या घिउलाई एउटा कचौरामा हुछेर चामलको पिठो मिसाउने जसलाई साठो भनिन्छ र यो रोटीलाई पत्र पत्र पार्न प्रयोग गरिन्छ ।
पेडालाई राम्ररी बेलानाले बेल्ने र साठो लगाएर रोल गर्ने अने चक्कुले काटेर फेरी दोहर्याएर बेल्ने र तातो तेलमा एक एक गरी तार्ने अनी चिनीको धुलो छरी दिने फिनी तयार हुन्छ र तातो तातो य धेरै दिन राखेर पनि खान सकिन्छ ।
-बुन्दीको लड्डु सामाग्री :-
डेढ कप बेसनको पिठो,एक कप पानी,२ पिन्च साफ्रन कलर,६ पिस सुकमेल,एक कप चिनी, एक टेबल चम्चा मेलन सिड्स, डेढ कप शुध्ध घिउ बिधी :-बेसनमा पानी र सफरन कलर हलेर मजाले चलाऊने र केही समय राख्ने त्यस पछी घिउ तताएर सानो सानो प्वाल भएको झाजरको सहायताले बेसनको लेदोलाई फ्राइ गर्ने र एउटा प्लेटमा राख्दै जाने अर्को भाडोमा पानी र चिनी हालेर चास्नी बनाउने र मज्जाले पाकेपछी सुकमेल,मेलन सिड र फ्राइ गरेको बेसनको बुन्दीलाई हालेर चलाऊने केही समय पछी आगोको रापबाट निकालेर चिसो हुन दिने र गोलो गोलो गरी लड्डु बनाउन थाल्ने एबम तरिकाले बुन्दीको लड्डु तयार गर्न सकिन्छ र यो लड्डु धेरै दिन सम्म चोसोमा राखेर पनि खान सकिन्छ ।
-गुलाब जामुन सामाग्री :-
एक कप दुध पाउडर,६ कप मैदा,२ चम्चा घिउ वा तेल,आधा कप दुध,२ चम्चा दही या कागतीको रस, आधा चम्चा सोडा,फ्राइ का लागि तेल या घिउ आबश्यकता अनुसार, गार्निसका लागि चप पिस्ता २ चम्चा, सुगर सिरपका लागि एक कप चिनी,एक कप पानी, आधा चम्चा सुक्मेलको धुलो, एक चम्चा गुलाब बिधी :-माथिका सम्पूर्ण सामाग्रीलाई एक साथ मिक्स गरेर केही समय छाडी दिनुस,केही समय पछी ठीक्क ठीक्कको गोलो बनाएर तेल या घिउमा खैरो हुने गरी फ्राइ गर्नुस र अर्को भाडोमा सुगर र पानी हालेर सिरम पकाउनुस,सुकमेलको धुलो र गुलब जल हालेर उमाले पछी फ्राइ गरेका डल्लालाई सिरममा केही बेर पकाउनुस र पिस्ता गार्निस गरेर तातो तातो सेर्व गर्नुस।
– रसबरी सामाग्री :-
४ कप दुध,लेमोन जुस २ चम्चा,दुइ कप चिनी,एक लिटर पानी ,जुलब जल एक चम्चा,सुक्मेलको धुलो आधा चम्चा,मैदा अधा बिधी:-दुधलाई उमाल्नुस र कागतीको रस हालेर फटाउनुस, जाली या सफा कपडामा छान्नुस। यसरी दुध फटाएर निस्केको छोक्रालाई छीना भनिन्छ । छिनामा मैदा हालेर १० मिनेट मज्जाले रगटेर मुछ्नुस् र गोला गोला गुच्चा बनाउन्स र अर्को भाडोमा चिनी,पानी,सुकमेल,जुलाब जल हालेर तयार गरिएको सिरममा पकाउनुस। केही बेर पकाए पछी रसगुल्ला तयार हुन्छ नन्ता जाफरन लिफ गार्निस गारेर सर्ब गर्न सकिन्छ ।
-जेरी सामाग्री:-
३ कप मैदा,२ कप दही,अधा कप घिउ,३ कप चिनी,आधा चम्चा सुक्मेल,आधा कप कर्न फ्लोर,साफ्रन पाउडर पिन्च,आधा चम्चा बेकिङ पाउडर,२ कप फ्राइ वयल,३ कप पानी,४ ड्रप रोज एसेन्स,आधा चम्चा फुड कलर बिधी :- माथि उल्लेखित सम्पूर्ण सामाग्रीहरु मिक्स गरेर ८ देखी १० घण्टा या एक रात रुम टेम्पेचरमा छाडी दिनुस् र भोली पल्ट तेलमा जेरी फ्राइ गर्नुस र पाकेको चास्नीमा डुबाएर तातो तातो खुवाउनुस।
-गाजरको हल्वा सामाग्री :-
गाजर १० पिस,४ कप दुध,४ टेबल चम्चा घिउ,१० टेबल चम्चा चिनी,२५ वटा काजु,५ वटा इलाइची,आधा कप किसमिस बिधी:- गाजरलाई राम्ररी सफा गरेर,ग्रेटरले ग्रेट गर्नुस र दुधमा मज्जाले पकाउनुस ७५ प्रतिशत दुध घटेपछी घिउ चिनी र अन्य सामाग्री हालेर चलाउनुस राम्ररी गाजर बानिदै गए पछी तातोको रापबाट हताउनुस र तातो तातो खुवाउनुस।
-थेकुआ सामाग्री:-
एक कप(३००ग्राम) गहुको आटा, ३्\४ कप(१५० ग्राम) गूद,अधा कप(१५० ग्राम) नरिबल,५ टेबल चम्चा घिउ, ५ वटा इलाइची ‘पिठो मुछ्नका लागि आबश्यक दुध या पानी,सोप एक चम्चा,तार्नको लागि तेल आबश्यकता अनुसार बिधी :-माथि दिएका सम्पूर्ण सामाग्रीहरु हालेर आटा माज्जाले मुछ्ने र साइड लगाएर राख्ने । केही समय पछी ठीक्क ठीक्कको गोलाई बनाउने र काटाको सहायताले बुट्टा भर्ने त्यस लग्गतै ततो तेलमा खैरो हुने गरी तार्ने र तातो तातो या लामो समय पछी पनि खान सकिन्छ । यो मिठाइ तराइमा निकै प्रसिद्द मानिन्छ ।

फेसबुक कमेन्ट