काठमाडौँ– हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आज तेस्रो दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरी मनाइँदै छ ।
आज उद्योग, कलकारखाना, व्यापारी, व्यवसायीले पनि भगवती लक्ष्मीको पूजा अर्चना गर्ने गरेका छन् । त्यसका लागि घर, पसल, उद्योग व्यवसायलाई सजाइएको छ । घरका ढोका र पसलहरुमा फूलका मालले झकिझकाउँ पारिएको छ ।
यसै अवसरमा राजधानीका असन, मखन, हनुमानढोका, मरु आदि ठाउँमा तिहारका लागि चाहिने मखमली फूल, हाँसको अण्डा, सुकेको माछा, पूजाका सामान, घरलाई सजाउन चाहिने झिलिमिली बत्ती, भाइटीकालाई चाहिने आवश्यक सामग्री विक्री तथा किनमेल गर्नेको भीड लागेको छ।
हेर्नुहोस् तस्बिरमा : शिब भण्डारी 


























