शिव भण्डारी/लन्डन
गैरआवासीय नेपाली संघमा महिलाको सहभागिता बढ्दो छ । एनसिसीदेखि आइसिसीसम्म महिलाहरु नेतृत्वमा पुग्ने क्रम पछिल्लो समय बढदै गएको छ । आइसिसीले महिलाहरुलाई समेट्नकै लागि एनआरएन महिला फोरम समेत गठन गरेको छ । केन्द्रमा महिला उपाध्यक्ष र महिला विभाग पद महिलाहरुको नेतृत्व क्षमता बढाउनकै लागि नै राखिएको हो । त्यसैअनुरुप अहिले विभिन्न एनसिसीमा महिला फोरम गठन भइरहेका छन् ।
हो, गैरआवासीय नेपाली संघमा यस्ता एनसिसी पनि छन, जहाँ महिला नेतृत्वमा रहेकानै बढी सक्रिय छन । सक्रियमध्येको एक एनसिसी हो, हङकङ । हङकङ एनसिसीको त्यही सक्रियताकै कारण महिला नेतृत्वमा रहेको हङकङ एनआरएनले एसिया प्रशान्त क्षेत्रको प्रथम क्षेत्रीय महिला सम्मेलन गर्ने जिम्मेवारी पाएको छ । सोही जिम्मेवारीअनुसार उसले आफना गतिविधीलाई अगाडि बढाइरहेको छ ।
२००४ सालमा स्थापना भएको एनसिसी हङकङ आफना गतिविधीमा सबैभन्दा अगाडि छ । पहिलाको तुलनामा धेरै सक्रियता बढेको छ । उनले भनीन् ‘कुनै पनि कार्यक्रम हुँदा सहभागिता बाक्लो हुन्छ । गतिविधी निकै दुत्र गतिविधि अगाडि बढिरहेको छ । पहिलो कुरा आँट्नु गर्नु पर्यो । आँट गरेपछि काम गर्न नसकिने भन्ने नै छैन ।’
गैरआवासीय नेपाली संघ एसिया प्याशिफिकको छैठौ क्षेत्रिय सम्मेलन तथा प्रथम महिला सम्मेलन हङकङमा हुँदैछ । एनआरएन हङकङमा राधिका गुरुङ (टिका ) अध्यक्ष छिन् । जसको लागि तयारी ब्यवस्थापन तीब्र रुपमा भइरहेको छ एनआरएन हङकङले छैठौ क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलन गर्ने जिम्मेवारी पाएअनुसार तयारी तीब्र पारिएको अध्यक्ष राधिका गुरुङले जानकारी गराइन् ।
अध्यक्ष गुरुङ सम्मेलन आगामी डिसेम्बर ८ र ९ मा हुनेछ । अध्यक्ष गुरुङ महिलाले जिम्मेवारी पाए जस्तोसुकै काम पनि गर्न सक्ने बताउछिन् । ‘सबैभन्दा ठूलो कुरा आँट र विश्वास हो, हामीले पाएको यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछ’, उनको भनाइ छ ।
एनआरएन हङकङ निकै सक्रिय रहँदै आएको छ । अहिलेको तत्कालीन नेतृत्वमा धेरै महत्वपूर्ण कार्यदेखि सबैलाई एकजुट बनाउने कार्यमासमेत ठूलो सफलता मिलीरहेको अवस्थामा क्षेत्रीय सम्मेलनको जिम्मेवारीले थप हौसल्लासमेत प्रदान गरेको लन्डन नेपाल न्युजसँग कुराकानी गर्दै भनीन् ।
‘महिला नेतृत्वमा कठिनाई त आइरहन्छ किनकी नेतृत्वले सही भिजन र सही निर्णय गर्नुपर्ने हुन्छ’, उनले भनीन्, ‘तर निस्वार्थ हिसावले काम गरेको खण्डमा सबैको साथ र सहयोग मिल्ने रहेछ । सधै सकारात्मक सोचले अगाडि बढ्नुपर्छ, महिलाले गर्न नसकिने भन्ने नै छैन ।’
२००४ सालमा स्थापना भएको एनसिसी हङकङ आफना गतिविधीमा सबैभन्दा अगाडि छ । पहिलाको तुलनामा धेरै सक्रियता बढेको छ । उनले भनीन् ‘कुनै पनि कार्यक्रम हुँदा सहभागिता बाक्लो हुन्छ । गतिविधी निकै दुत्र गतिविधि अगाडि बढिरहेको छ । पहिलो कुरा आँट्नु गर्नु पर्यो । आँट गरेपछि काम गर्न नसकिने भन्ने नै छैन ।’
आफू अध्यक्ष भएपछि पहिलो पटक केन्द्रीय अध्यक्ष भवन भट्टसँग हङकङमा अन्तरक्रिर्या कार्यक्रम आयोजना गरिएको बताइन् । एनआरएनमा २००६ सालदेखि नै सक्रिय रुपमा लाग्दै आउनुभएको अध्यक्ष गुरुङ एनसिसीमा २०११ सम्म कार्यसमिति सदस्य भएर जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । त्यस्तै, २०११ देखि २०१३ कोषाध्यक्ष तथा महिला संयाजेक, २०१३ देखि २०१५ उपाध्यक्ष, २०१५ देखि २०१७ सल्लाहकार हुँदै अहिले नेतृत्वमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकिन ।







