गल्कोट समाज यूकेको दोस्रो वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

लन्डन । गल्कोट समाज यूकेले आफनो दोस्रा वार्षिक उत्सव भब्य रुपमा मनाइएको छ । बागलुङको गल्कोटबाट बेलायत आई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था गल्कोट समाज युकेले बर्मिङहमको वेस्ट बर्मिच, थोमस स्ट्रिटमा अवस्थित द कन्फरेन्स सुटमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । साधारणसभा साझा घर निर्माण गर्ने लक्ष्यका साथ आयोजना गरिएको थियो ।

गल्कोट हाउसका लागि समाजले करिब ४ लाख पाउण्डको कोष जुटाउनुपर्ने भएकाले अबको केहि वर्षभित्रमा यो रकम जुटाएर हाउस निर्माण गर्ने लक्ष्य समाजको छ ।  सो समाजले वार्षिकोत्सवको अवसरमा विजया दशमी तथा दिपावलीको शुभकामना आदानप्रदानसमेत गरेको छ । सोमबार भएको सो कार्यक्रममा नेपाली राजदुताबास लण्डनका राजदुत डाक्टर दुर्गा बहादुर सुबेदीको प्रमुख अतिथिका रुपमा सहभागि हुनुहुन्थ्यो । कार्यक्रममा सुवेदी धर्मपत्नी पुनम राज्यलक्ष्मी शाह पनि सहभागि हुनुहुन्थ्यो ।

त्यस्तै, कार्यक्रममा चर्चीत लोक दोहोरी कलाकारहरु सिता केसी, सरिता श्रेष्ठ , र बालचन्द्र बरालको उपस्थिति थियो । कार्यक्रम गल्कोट समाज यूकेका अध्यक्ष राजु कँडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपालको परम्परा र संस्कार झल्काउने सोरठी नृत्य , कौडा नृत्य , झाम्रे र देउसीभैलो जस्तो रोचक कार्यक्रमहरु, डिजे म्युजिक ,स्थानीय कलाकारहरुको प्रस्तुति र मिठो मिठो नेपाली पाराको खानाहरुको पनि राम्रो ब्यबस्था गरिएको थियो । कार्यक्रममा करिव पाँच सयको हाराहारीमा सहभागिता रहेको आयोजकले जनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *