शिब भण्डारी
लन्डन । युवा जागरण अभियान नेपालले लन्डनमा एक च्यारिटी कार्यक्रम गर्ने भएको छ । युवा जागरणले बेलायत स्थित नेपाली समुदायलाई आफनो अभियान बारेमा जानकारी गराउने उद्देश्यले च्यारिटी कार्यक्रम गर्न लागेको हो ।

अभियानले ७ अक्टोबर आइतबार लन्डन साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुराँमा च्यारिटी गर्न लागेको कार्यक्रम संयोजक युवा बुद्धिजिवी चिन्तन पौडेलले बताए ।
युवा जागरण अभियानले नेपालका विभिन्न सामाजिक बिकासका योजनाहरुमा हातेमालो गर्दै ग्रामीण भेगमा कृषि क्रान्ति र शैक्षिक बिकासका क्षेत्रमा सक्रिय रहेको छ ।नेपालको अर्थिक समृद्धि र सामाजिक बिकासमा टेवा पुर्याउने उद्देश्यका साथ काम गर्दै आएको युवा जागरण अभियानले देशभर विभिन्न नीतिगत अन्तरक्रिया, संवाद, बहस र छलफल लगायत अभिमुखीकरण कार्यक्रम गरि लक्षित वर्गमा उर्जा भर्ने काम गरेको चिन्तन पौडेलले लन्डनमा सम्पन्न अन्तरक्रियामा जानकारी दिए ।
जागरण अभियानको बारेमा थप जानकारी दिदै संयोजक चिन्तनले कुनै पनि राष्ट्र निर्माणको अभियानमा स्पष्ट नीति र कार्ययोजना सहितको ढांचाबाट नै सम्भव छ तर्सथ नेपालको अर्थिक नीति , सामाजिक बिकास बारे नीति , शैक्षिक नीति , स्वास्थ सेवा सम्बन्धि नीति लगायत बिषयमा नीति बहस चलाएर नीति कार्यपत्र तयार गर्दै गरेको बताएका थिए ।
अन्तरक्रियामा जनसम्पर्क समिति बेलायतका उप-सभापति सुरज केसीले स्वागत मन्तव्य राख्दै आफ्नो सक्दो सहयोग रहने बताए ।
युवा जागरण अभियान एकदम सकारात्मक सोच भएको र सो अभियानको पूर्ण सफलताको कामना गर्दै एनआरएनले युवाहरुलाई समेट्ने काम पनि गरेको गरेको हुँदा हामी एक आपस्मा भावी दिनहरुमा हाते मालो गरेर अगाडि बड्न सकिने एनआरएन युकेका उपमहासचिव विनय अधिकारीले बताए ।
अन्तरक्रियामा सहभागी पत्रकार खेमराज रानाभाट (चिन्तन) युवा जागरण अभियानले समाजमा आइपर्ने चुनौतीहरुको सामना गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए ।
जनसम्पर्क समिति बेलायतका पुर्व सभापति चेत नाथ खनालले साउथइस्ट लन्डनवासी नेपालीहरु सधै युवा जागरण अभियानको समर्थन गर्ने र यस अभियानलाई खुल्ला मनले सम्मान गर्ने जानकारी दिए ।
उक्त कार्येक्रममा आफ्नो विचार राख्दै जनसम्पर्क समिति बेलायतका सह-कोषाध्यक्ष कुश बस्नेतले युवा जागरण अभियानको सफलताको शुभकामना दिए ।
युवाहरु देशको भविष्य हो र यो जागरण अभियानले युवाहरुको सोचमा सकारात्मक सोचको विकाश गर्नेमा आफु आशावादी रहेको जनसम्पर्क समिति बेलायतका सह महामन्त्री उपेन्द्र पौडेलले बताए ।
अन्तरक्रियामा कांग्रेसमा आस्था राख्ने साउथइस्ट लन्डनबासी नेपालीहरुको बाक्लो उपस्तिथी रहेको थियो ।






