लन्डन । एनआरएन जापानले महिला उपाध्यक्ष अनिता गुरुङ्ग र कोषाध्यक्ष कालिका थापाको निलम्बन फुकवा गरेको छ । गैरआबसीय नेपाली संघ जापानको तत्कालीन कार्यसमितिले जारी गरेको २१ बुँदे आचारसंहिता लागू गराउने क्रममा गुरुग र थापालाई निलम्बन गरेको थियो ।
एनआरएन जापान अध्यक्ष टासी वाङ्दी लामाले आचारसंहित लागू गर्ने क्रममा निलम्बित महिला उपाध्यक्ष अनिता गुरुङ्ग र कोषाध्यक्ष कालिका थापाको निलम्बन फुकुवा गरिएको जानकारी दिए ।
तत्कालीन अवस्थामा संघका अधिकांश पदाधिकारीहरू अन्य संघ संस्थामा समेत कार्यकारिणी पदाधिकारीको हैसियतमा रहेका भएपनी संघको आचारसंहिता लागु भए पछी महिला उपाध्याक्ष अनिता गुरुङ्ग तमू धिं जापान अध्यक्ष र कोषाध्यक्ष कालिका थापा गल्कोट समाज जापानका उपाध्याक्ष बाहेक बाँकी पदाधिकारीले भने अन्य संस्था छाडेर दोहोरो पदमा नरहेको लिखित जानकारी संघलाई गराएको संघले जानकारी दिएको छ । यसै विषयमा कार्यसमितिमा बिबाद बढेपछी संघले महिला उपाध्याक्ष र कोषाध्यक्षलाई गत फेब्रुअरीमा निलम्बन गरेको थियो ।






