एनआरएनएले गठन गर्याे निर्वाचन समिति, को-को ले पाए जिम्मेवारी ?

लण्डन । गैरआवासीय नेपाली सङ्घले निर्वाचन समिति गठन गरेको छ ।

सङ्घका अध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गरेका हुन् ।

समितिका प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लीलामणि पौड्याल (नेपाल) चयन भएका छन् ।

त्यस्तै सदस्यमा सङ्घका संरक्षक रामप्रताप थापा (जर्मनी), डा गणेश गुरुङ (नेपाल), डा देवकाजी डङ्गोल (कतार), चिरञ्जीवी ढकाल (बेलायत), डा विष्णुमाया परियार (अमेरिका) तथा सदस्य सचिवमा भूषण घिमिरे (जापान) रहेका छन् । एनआरएनको आगामी २०२१–२३ को नयाँ कार्यसमिति चयन प्रक्रियाको लागि विभिन्न देशमा सदस्यता वितरणको कार्य करिब सम्पन्न भएको छ ।