लन्डन । कञ्चनपुरकी १३ वर्षीय बालीका निर्मला पन्तको हत्यारा पत्ता लगाउन एनआरएन कोरियाले माग गरेको छ । गैरआवासीय नेपाली संघ कोरियाले तत्काल दोषी पत्ता लगाई कारवाहीको माग गरेको हो ।
एनआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुङले एक बिज्ञप्ति जारी गर्दै बलात्कारपछिको हत्या घटनाको अनुसन्धान फितलो देखिनु दुखद् भन्दै पन्तको बलात्कारपछिको हत्याका अभियुक्त ५६ दिनसम्म पनि पत्ता लाग्न नसक्नु अत्यन्तै दुखको विषय भएको बताइन् ।
उनले भनेकी छिन, ‘एउटा अवोध बालीका आफनै धर्तीमा सुरक्षाकर्मीकै सक्रिटमा बलात्कृत हुँदै मारिन्छिन् । राज्य जति सम्बेदनशील हुनुपर्ने हो त्यती नहुँदा न्यायका लागि पीडित पक्ष सडकमा आउनु पर्ने स्थिति आउनु लज्जाको विषय हो । त्यसैले यस प्रकारको निस्पक्ष तीब्र अनुसन्धान र छानवीन गरि दोषी उपर कानुन अनुसारको हदैसम्मको कारवाही गर्न एनआरएन कोरिया सरकारसँग जोडदार माग गर्दछ ।’







