बेलायतबाट संसदमा दवाव दिन एनआरएन टोली नेपाल प्रस्थान [भिडियो सहित]

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको एक टोली आज नेपाल प्रस्थान गरेका छन् ।

नेपाल जाने प्रतिनिधिमण्डलमा एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य,एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी लगायत नेपाल गएका छन् ।

गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक संसदमा दर्ता भएको अवस्थामा थप दवाव दिन एनआरएन यूकेको एक प्रतिनिधिमण्डल सेप्टेम्बर १५ तारिख शनिबार आज नेपाल प्रस्थान गरेको हो ।

प्रतिनिधिमण्डलले विधेयक संसदमा छलफल हुनुअघि विभिन्न राजनीतिक पार्टीका नेता, सांसद, सरकारी प्रतिनिधि र सरोकारवाला अन्यलाई भेटेर लविङ गर्ने महासचिव त्रिपाठीले जानकारी दिए ।

एनआरएनए यूके अध्यक्ष फगामी र महासचिव त्रिपाठीले नागरिक पहलबारे हुन लागेको नेपाल भ्रमणका विषयमा एनआरएन केन्द्रीय अध्यक्ष भवन भट्टलाई जानकारी गराइसकेको बताए ।