नेपाल आएर शाहरुखले के भने,( भिडियो सहित )

काठमाडौं, फागुन २६ – बलिउडका किंग खान भनेर चिनिने शाहरुख खान आज काठमाडौं आइपुगेका छन् । निरोल्याक पेन्टस्ले सञ्चालन गर्न लागेको वातावरण मैत्री सामाजिक अभियानको उद्घाटन गर्न राजधानी आएका खानले पुनः परिवारका साथ आउने बताएका छन् ।

दोस्रो पटक नेपाल आएका खानले ह्ययात होटलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू १६ वर्ष अघि नेपाल आएको बताए । उनले नेपालमा पाएको मायाले आफू अत्यन्त उत्साही भएको बताए। उनले भने, ‘यस्तो राम्रो देशमा आउन यत्रो ग्याप भयो अब परिवार सहित छिट्टै आउने छु ।’

sharukhan1

हिजै राजधानी आइपुग्ने भनेका खान आज मात्र निजी विमानमा काठमाडौं आइपुगेका हुन् । त्रिभुवन विमानस्थलमा विशेष विमानबाट ओर्लने बित्तिकै ह्यात होटलमा पेन्ट्सले आयोजना गरेको कार्यक्रममा सहभागी भए। त्यहाँ उनले पेन्टसको फेसबुक पेज सार्वजनिक गरेका थिए।

कन्साई न्यारोल्याक पेन्ट्सको ब्रान्ड राजदूतका रुपमा बजार प्रबद्र्धनका लागि आएका खानले पेन्ट्सको विज्ञापनमै बढी समय खर्च गरेका थिए । कार्यक्रममा उनले भने, “सुन्दर देश नेपालको स्वच्छ वातावरणको सन्देश विश्वमा पुर्याउन म यहाँ आएको हुँ ।sharukhan