भारतमा विश्वकै सबैभन्दा बढी अनुपातमा व्यावसायिक महिला पाइलट

२० वर्षअघि पाइलट बन्ने चाहना भएकी श्वेता सिंहले पहिले आफ्नो अभिभावकलाई उक्त समय महिलाहरुको लागि असामान्य मानिने पेशाको छनौटबारे आफ्ना बुझाउनु परेको थियो । पछि पाइलट भइसकेपछि पनि उनले ककपिटमा अहसयोगी पुरुष सहकर्मीको समाना गर्नुप¥यो ।

आजको दिनमा भने महिलालाई यो पेशा अङ्गाल्न त्यति गा¥हो छैन । धेरै महिलाहरु पाइलट बन्न चाहन्छन् । पछिल्ला वर्षहरुमा महिला पाइलटहरुको लागि सुविधा पनि धेरै छ । युनियनले नै समान भुक्तानी, सुरक्षित कार्यक्षेत्र, दिवा सेवा सुविधाको प्रत्याभुत गरेको छ । साथै उड्डयन क्षेत्रको बढ्दो दायराले धेरैलाई यो क्षेत्रमा ठाँउ पनि दिएको छ ।

ती कठिन दिनहरु
पितृसत्तात्मक समाजको बावजुद भारतको व्यावसायिक महिला पाइलटहरुको अनुपात विश्वमा नै उच्च हो । भारतमा कुल पाइलटको १२% हिस्सा महिला पाइलटको छ ।

“ती दिन कठिन थियो,” सिंहले आफ्ना प्रारम्भिक दिनहरु सम्झदैँ भनिन्, “पुरुषप्रधान क्षेत्र भएकाले प्रवेश पाउन नै गाह्रो थियो ।”

तर अहिले समाज बदलिँदै गएको सिंह बताउँछिन् । उनी अहिले जेट एयरवेज लिमिटेडमा वरिष्ठ प्रशिक्षक छिन् । साथै उनी भारतीय उड्डयन नियमन संस्थामा हवाई अप्रेशन इन्सपेक्टर उपप्रमुख हुन् ।

महिला पाइलट

भारतको महिला पाइलटको प्रतिशत अधिकांश पश्चिमी मुलुकहरु, अमेरिका र अष्ट्रेलियाको भन्दा पनि बढी हो । इन्टरनेशनल सोसाइटी अफ वुमेन एयरलाइन पाइलटका अनुसार विश्वव्यापी रुपमा महिला पाइलटहरुको हिस्सा ५% भन्दा कम छ ।

विश्वव्यापी रुपमा पाइलटहरुको माग बढिरहेको छ । जहाज निर्माता बोइङ करपोरेसनले हवाई यात्रा बढिरहँदा अर्को २० वर्षमा ७,९०,००० नयाँ पाइलट आवश्यक पर्ने तथ्याङ्क हालसालै सार्वजनिक गरेको छ । त्यो अहिलेको पाइलट सङ्ख्याको दोब्बर हो ।

भारत विश्वमा सबैभन्दा छिट्टो बृद्धी भइरहेको हवाई बजार पनि हो । यही वर्षको पहिलो छ महिनामा घरेलु हवाई यात्रुको सङ्ख्यामा २२% ले बृद्धि भयो ।

इकोनोमिक टाइम्सबाट

एजेन्सी