उनीहरुमध्ये बाल समुहमा सर्वोत्कृष्ट बन्दै ५ वर्षीया श्रीद्धिका थापा क्षेत्री बाल नक्षेत्र घोषणा भइन् भने युवा समुहबाट सर्वोत्कृष्ट बनेर सब्रिना चोंगवांग युवा नक्षेत्र बनिन् । बाल समुहमा सास्रिक कार्की रनर अप र रिया गिरी दोस्रो रनर अप भए । युवातर्फ सुभेच्छा भारती मगर दोस्रो र रितिका श्रेष्ठले तेस्रो स्थान प्राप्त गर्न सफल भए । युवा नक्षेत्रका रुपमा विजेताले ५ सय तथा दोस्रो र तेस्रो हुनेले सय र २ सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बाल समुहका विजेताहरु क्रमशः सय, २ सय र १ सय पाउण्ड नगद सहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत बने ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनसहित पुरस्कारको स्पोन्सर गर्ने बुद्ध फाउण्डेसन अध्यक्ष दिपक श्रेष्ठ, व्यवसायी दिपक थापा, संगीता भारती मगर, अनु श्रेष्ठ, जमघट परिवारका तीर्थबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए । सोहि अवसरमा एनआरएन यूकेका तर्फबाट ९ सय पाउण्डको सहयोग चेक अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष ललितकुमार न्यौपाने , उपमहासचिव विनय अधिकारी, कोषाध्यक्ष सचिन श्रेष्ठ लगायतले प्रतिभा नक्षेत्रलाई हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा गायिका मिरा राणा, निर्देशक सनमकुमार बैराग, साहित्यकार बासु शर्मा, नृत्य निर्देशक प्रभु गुरुंग र एभरेष्ट सुर्य बोहोराले निर्णायकको भुमिका निर्वाह गरेका थिए । आयोजक प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुमा उपाध्यक्ष केशबहादुर आलेले स्वागत मन्तव्य राखेका थिए ।

निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएको कार्यक्रमको समापन भने मध्यरात पछि मात्रै भएको थियो । निर्धारित समयमा कार्यक्रम नसकिएपछि हल सञ्चालकले पावर कट समेत गर्नुपरेको थियो । समयको अभावका बाबजुद आसन र भाषणका लागि लामो समय खर्च गरिएकोमा कार्यक्रमका उपस्थित दर्शक भने निराश देखिएका थिए । राम्रो लक्ष्यमा सुरु भएको कार्यक्रम भएपनि सहि व्यवस्थापन र सञ्चालन गर्न सके राम्रो हुने उनीहरुको सुझाव थियो ।

लण्डनमा सम्पन्न प्रतिभा नक्षत्रको दोस्रो संस्करण
कार्यक्रमको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूजका शिव भण्डारी र युके नेपाल लाइभका गणेश खड्काको सहकार्यमा प्रस्तुत अन्तर्वाता सहितको स्थलगत भिडियो रिपोर्ट – यस्तो देखियो (शेयर गर्नुहोला)—
https://www.facebook.com/londonnepalnews/videos/255290118428102/






