बाँके– बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट लागु औषध (ब्राउन सुगर) सहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सुर्खेत भेरिगंगा–१२ बस्दै आएका महेन्द्र सिंह, सोही ठाउँमा बस्ने १९ बर्षिय हेमन्त शाही र २३ बर्षिय श्यामराज बिक रहेका छन् । पक्राउ परेकाहरुको साथबाट कुल २८ ग्राम १०४ मिलीग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बुधवार साँझ चिसापानी स्थित रत्न राजमार्ग सड्क खण्डमा शंकास्पद रुपमा मोटरसाईल मार्फत कोहलपुरबाट सुर्खेत तर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा ब्राउन सुगर कारोबारीहरु पक्राउ परेका थिए ।
चेकजाँचको क्रममा श्यामराज विकको साथबाट २४ ग्राम ८३ मिलीग्राम, हेमन्त र मेहन्द्रको साथबाट ४ ग्राम २१ मिलीग्राम ब्राउन सुगर फेला परेको बताईएको छ ।
घट्नाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।






