यी हुन् लण्डनमा पैदलयात्रुमाथि कार कुदाउने आतंकवादी

लण्डन । मंगलबार बिहान लण्डनमा बेलायती पैदल यात्रीमाथि कार कुदाएर आतंकवादी आक्रमण गर्नेको पहिचान खुलेको छ । प्रहरीले आतंकवादी आक्रमण ठहर गरेको उक्त आक्रमणमा २९ वर्षीय सालिह खातरले गराएका हुन् ।

बेलायती नागरिकता लिएका खातर सुडानस् मुलका हुन् । साउथ लण्डनस्थित प्रहरी स्टेसनमा राखेर प्रहरीले उनीसंग सोधपुछ गरिरहेको छ । घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले बर्मिंगहम र नटिंगहम क्षेत्रमा पनि खोजी गरिरहेको छ ।

लण्डनको वेस्ट मिनिस्टरस्थित संसद भवन बाहिरको सडकमा मंगलबार बिहान साढे ७ बजेको समय उक्त घटना भएको थियो । आक्रमणकारीले सडकमा कुदाइरहेको कार एक्कासी साइकलयात्री र पैदलयात्रीमाथि जोतेर आक्रमण गरेका थिए । घटनामा जना घाइते भएका थिए । घटनालगत्तै आक्रमणकारी कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आक्रमणमा प्रयोग भएको कारबाट भने कुनै हतियार बरामद भएको थिएन । लण्डनमा केहि महिनाअघि पनि पैदलयात्रीमाथि गाडी कुदाएर यस्तै प्रकृतिका श्रृंखलाबद्ध आतंकवादी आक्रमणहरु भएका थिए ।