प्रमिला राइ ,
लण्डन । अल्डरसट स्थित भेटघाट रेस्टुरेनटमा ग्रेटर रशमोर नेपाली कम्युनिटीको बार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका महासचिब मान गुरुङले संचालन गरेका उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रामधन राईले स्वागत मन्तब्य दिए पश्चात संस्थाका अध्यक्ष जीव बेलबासे र सल्लाहकार क्याप्टेन रिटायर्ड बिर बहादुर थापाले सयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक रुपमा उदघाटन गरेका थिए ।
बरिष्ठ उपाध्यक्ष राम धन राईले भेट्रान फण्ड, उपाध्यक्ष नेम थापाले इन्फर्मेसन डे, महिला बिभागका सहसंयोजक सुस्मा गुरुङले नारी दिवस र साँस्कृतिक बिभाग संयोजक दिनेश गुरुङले आ-आफ्नो सबकमिटिको प्रतिबेदन पेश गरेका थिए भने संस्थाका कोषाध्यक्ष टोप पल्लिले आर्थिक प्रतिबेदन पेस गरेका थिए ।
कार्यक्रममा संस्थाका महासचिब मान गुरुंगले बार्षिक प्रतिबेदन क्रमैसंगले पावर पोइन्टद्वारा प्रस्तुत गरेका थिए । पहिलो चरणको औपचारिक कार्यक्रम समापन गर्दै अध्यक्ष जीव बेलबासेले कार्यसमिति,सल्लाहकारहरु लगायत उपस्थित सम्पूर्ण महानुभाबहरुलाई बिशेस धन्यवाद दिदै ग्रेटर रशमोर नेपाली कम्युनिटीको बारेमा धेरै कुराहरु प्रस्ट पर्नु भएको थियो।
ग्रेटर रशमोर एरियामा झन्डै २२००० को हाराहारीमा नेपालीहरुको बसोबसो रहेको छ र यो नेपाली कम्युनिटीलाई अझै ससक्त बनाउनको लागि ग्रेटर रशमोर एरिया भित्र रहेका विभिन्न जातीय एवं अरु संस्थाहरुका अध्यक्षलाई समेत निम्तिएको थियो भने सभामा किरात राई यायोक्खा रशमोर शाखाका अध्यक्ष किर्त राई, फान्ब्रो साइ सेन्टरका अध्यक्ष सुस्मा गुरुङ, सुनुवार समाज बेलायतका अध्यक्ष यादब सुनुवार,बि सी सी यु केका अध्यक्ष क्याप्टेन नारायण प्रसाद गुरुङ, मगर संघ रशमोर शाखाका अध्यक्ष लेख राना, पूर्व प्रहरी मंच बेलायतका अध्यक्ष प्रनाउ बाचाश्पति रेग्मी लगायतको सहभागिता रहेको थियो।
ग्रेटर रस्मूर नेपाली कम्युनिटीको अरु नेपाली कम्युनिटी बीचको सम्बन्ध तथा स्थानीय काउन्सिल एवं प्रहरी र प्रशासनसंगको पारस्परिकता सम्बन्धको बारेमा बृहत रुपमा छलफल भएको थियो । वर्तमान अवस्थामा नेपाली जेष्ठ नागरिक बीच देखिएको समस्या र युवा पिढीहरुलाई संस्थामा कसरी आकर्षण गर्न्र सकिन्छ भन्ने बिषयमा पनि छलफल भएको थियो ।
ग्रेटर रशमोर नेपाली कम्युनिटीले बर्ष भरिमा धेरै कार्यक्रमहरु जस्तै नेपाली नयाँ वर्ष, भिक्टोरिया डे, इन्फर्मेसन डे, १० के रन, नारी दिवस, रसमोर फूड फेस्टिबल जस्ता कार्यक्रम गर्नुका साथै चिफ इनिस्पेक्टर रशामूर डिस्ट्रिक, काउन्सिल लिडर र काउन्सिलर, रशमोर ब्रो काउन्सिल क्मयुनिटी डेभ्लभ्मेण्ट शाखा प्रमुख र रशमोर भोलेटीयर सर्भिस लगायत अरु पक्षसंग रेगुलर बैठक बैठक बस्ने गर्दछ।
बैठकको बरिष्ठ उपाध्यक्ष राम धन राइलाइ स्थानिय संघसंस्था समन्वय गर्न संयोजक तोकिएको थियो भने केहि आजीवन सदस्यहरुलाई अध्यक्षद्वारा सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो।
अन्त्यमा पुन: अध्यक्षले सल्लाहाकार एवं कार्यसमिति प्रति आभार व्यक्त गर्दै भेटघाट रेष्टुरेन्टका प्रबन्धक एवम सल्लाहाकार शेर सुनार र समस्त स्टाफहरुलाई हाल व्यबस्थापन एवं खानाको लागि धन्यबाद दिएका थिए।






