ओम्याक्स थ्रीडी सिनेमा हलमा भीषण आगलागी

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, पारिजात पथमा रहेको ओम्याक्स थ्रीडी सिनेमा हलमा आगलागी हुँदा करोडौं रुपैयाँको क्षति भएको छ ।

बुधबार बिहान १० बजेबाट लागेको आगो दिउँसो १ बजे नियन्त्रणमा आएको थियो ।

चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले सन्चालन गरेको हलमा विद्युत्सर्ट भएर आगलागी भएको बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाका दुई र आयल निगमका एक गरी तीनओटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।