डीएलएमा अधिकारी विजयी, पदाधिकारीमा अरु को–को आए ?

चितवन – कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए) मा शेरबहादुर देउवा समूहका सम्मेदवार कमजोर देखिएका छन् ।

डीएलएको १० औँ राष्ट्रिय अधिवेशनबाट योगेन्द्र बहादुर अधिकारी अध्यक्ष चुनिएका छन् । उनी सिटौला समूहका हुन् । उनले निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेल समूहका सीताराम केसीलाई पराजित गरे । देउवा समूहका रामकुमार श्रेष्ठ पुछारमा रहे । अधिकारीले ४३१ मत ल्याउँदा केसीले ३३४ मत ल्याए । यस्तै श्रेष्ठले मात्र ४२ मत ल्याए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा विजयी हुँदा महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका छन् ।

यस्तै प्रदेश उपाध्यक्षतर्फ १ मा मुरारी खनाल, २ मा राजन दाहाल, ३ मा राजु कटवाल, गण्डकीमा फणिन्द्र कोइराला, ५ मा गोर्कणसिंह थापा, कर्णालीमा खड्का सिजापति र र ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।