काठमाडौं– पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले कानुनमन्त्री शेरबहादुर तामाङले पदिय मर्यादा र गरिमा विपरित बङ्गलादेशमा चिकित्सा क्षेत्रमा अध्यय्न गर्ने नेपाली महिला विद्यार्थीको अस्मितामा चोट पुग्ने गरी दिएको अभिव्यक्ति घृणित, निन्दनिय र आपतिजनक भएको भन्दै भत्र्सना गरेको छ ।
सो पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री जस्तो सम्मानित पदमा बसेको व्यक्तिको यस्तो तुच्छ अभिव्यक्तिले सारा नेपाली अपमानित भएको उल्लेख गरेका छन् ।
यस्तै देश र जनताको भावनालाई चोट पु¥याई अपशब्द बोल्ने झापाका व्यापारी दुर्गा प्रसाईँलाई पनि कानून बमोजिम कारवाही गर्न राप्रपा प्रजातान्त्रिकले सरकारसँग माग गरेको छ ।
‘राष्ट्रको गरिमापूर्ण र मर्यादित मन्त्री जस्तो पदमा बसेर यस्तो गैर जिम्मेवार, अमर्यादित, अशोभनिय र अपशब्द बोल्ने छुट सह्य हुन सक्दैन तसर्थ निजले तत्काल नेपाली जनता सामु माफी मागि आफ्नो पदबाट राजिनामा दिई नैतिकता प्रर्दशन गर्न र आधा आकाश ढांकेको महिलाको सम्मान गर्न पनि राप्रपा प्रजातान्त्रिक माग गर्दछ’ राप्रपा प्रजातान्त्रिकको विज्ञप्तिमा उल्लेख छ ।
राणाले मागे मन्त्री तामाङको राजीनामा






