काठमाडौं- वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशत भन्दा बढीले घट्दै गइरहेको देखिएको छ ।
आर्थिक वर्ष २०७२, २०७३ मा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ४ लाख १८ हजार ७ सय १३ बाट १५.४३ प्रतिशत अर्थात ६४ हजार ६ सय ३१ ले घटेर गत आवमा ३ लाख ५४ हजार ८२ मा सीमित भएको छ । यसरी हेर्दा विगत ३ वर्षमा बर्सेनि ८ प्रतिशत भन्दा बढीले घट्दै गइरहेको देखिन्छ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशत भन्दा बढीले घट्दै गइरहेको देखिएको छ ।
अघिल्लो आवमा ३ लाख ८३ हजार ४९३ युवा रोजगारीका लागि विदेश गएकोमा गत आवमा ८ प्रतिशत घटेर ३ लाख ५४ हजार ८२ मा झरेको छ । वैदेशिक रोजगारीका लागि प्रमुख ३ गन्तब्य कतार, मलेसिया र साउदी अरबमा जाने नेपाली युवाको संख्या घटेको पाइएको छ । विशेषगरी खाडी राष्ट्रहरूको तेल उत्पादनमा ह्रास आएको र २०७२ को भूकम्प पश्चात पुनर्निमार्णका क्रममा आन्तरिक रोजगारी बढेसँगै ३ वर्षयता वैदेशिक रोजगारीमा विदेशीने नेपालीको संख्या घटदै गइरहेको वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालले बताए ।






