आलमको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

k|wfgdGqL cf]nL :jf:Yoaf/] hfgsf/L k|wfgdGqL s]kL zdf{ cf]nL z'qmaf/ sf7df8f}Fsf jfF;jf/Ll:Yft u+ufnfn x[bo/f]u s]Gb|df k'u]/ g]skfsf g]tf Pj+ k"j{ /fHodGqL d':tfs cfndsf] :jf:Yo cj:yfaf/] hfgsf/L lng'x'Fb} . tl:a/ M ;f}hGo–k|wfgdGqLsf] lghL ;lrjfno, /f;;

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहेका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

रौतहटका आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । उनले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना गदै परिवारका सदस्यलाई पनि आश्वस्त रहन आग्रह गरे । आलम गत मंसिरमा भएको संघीय संसद्को निर्वाचनमा रौतहट– २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका थिए ।