जुकरबर्गलाई टक्कर दिइरहेकी छिन् यी २० वर्षीया युवती, छ ९८ अर्ब सम्पत्ति

सोसल मिडिया कम्पनी फेसबुकका संस्थापक मार्क जुकरबर्ग जब २३ वर्षका थिए तब उनले आफ्नो बलबुँतामा संसारको सबैभन्दा युवा अर्बपतीको उपाधि हाँसिल गरेका थिए । अब यो उपाधि २० वर्षकी युवतीले उनीबाट खोस्ने तयारीमा छिन् ।

कार्दासियन परिवारकी सदस्य र रियालिटी टिभी स्टार काइली जेनर २० वर्ष पुगिन् तर उनको कमाई ९ सय मिडियल डलर अर्थात् ९८ अर्ब रुपैयाँ सम्पत्तिकी मालिक हुन् । फोर्ब्सले उनको कमाईको यो आँकडा सार्वजनिक गरेको हो ।

काइली रियालिटी टिभी स्टार हुनुका सागै एक सफल व्यापारी पनि हुन् । उनी काइली कस्मेटिक नामको मेकअप कम्पनी चलाउँछिन् । फोरब्सका अनुसार उनले दुई वर्ष अघिमात्र आफ्नो कम्पनीको सुरुवात गरेकी हुन् ।

आफूलाई किशोरावस्थादेखि नै लिप लाइनर लगाउन मन लाग्ने भएकाले उनले आफ्नो सिग्नेचर लिप किट लञ्च गर्ने सोच बनाएको काइलीको भनाई छ । यसलाई विकास गरेर व्यवसायको रुपमा अगाडि बढाउन उनकी आमाले सुझाएको काइली बताउँछिन् ।

आफ्नो यो व्यवसाय छोरी स्टोर्मीलाई सुम्पिने उनको चाहना छ । ‘यदि उनले चाहिन् भने,’ उनले भनिन् ।

फोर्ब्सका अनुसार आफ्नो कम्पनी र टेलिभिजन प्रोग्राम, पुमा प्याकसलगायतका ब्रान्ड इन्डोर्समेन्टमार्फत काइलीले ९ सय मिलियन डलरको कमाई गरेकी छिन् ।