लन्डन । यूरोपको लक्जेम्वर्गमा हुने एनआरएन यूरोपस्तरीय सम्मेलनले एक अर्ब लगानी भित्र्याउने तयारी गरेको छ । सोही सम्मेलनको अवसरमा सो लगानीको प्रतिबद्धता आउने जनाइएको छ । गैर आवासीय नेपाली संघले नेपालमा १० अर्ब वरावरको लगानी भित्र्याउने प्रतिबद्धता सार्वजनीक यसअघि गरिसकेको छ ।
घोषित लगानीमध्ये नेपाल सरकारले १० प्रतिशत ब्यर्होने गरि सो लगानी भित्र्याउने प्रतिबद्धता लन्डनबाट एनआरएनले गरेको थियो । सोही लगानी भित्र्याउने प्रतिबद्धतासँगै एनआरएनले क्षेत्रीयस्तरमा सम्मेलन गरिरहेको छ । जसमा लगानीसँगै विदेशी सिप, ज्ञान र प्रविधि भित्र्याउने कार्यमा एनआरएन जुटिरहेको छ ।






