धादिङ केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प

Graphic shows large earthquake logo over broken earth and Richter scale reading

काठमाडौँ- काठमाडौँमा बिहिबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ५ म्याग्निच्युडको रहेको थियो ।