बेलायतमा गरिएको एक सर्भेक्षणका अनुसार १६ देखि २४ बर्ष उमेर समूहका झण्डै ५० प्रतिशत युवाले पहिलो पटक सेक्स गर्दा कण्डम प्रयोग गर्दैनन् ।

किन गर्दैनन ? यसको कारण भने यस्तो छ, धेरै जसोले कण्डमले यौनको स्वादलाई फिक्का गरिदिने अर्थात कण्डमले यौन आनन्दमा कमि ल्याउने बताएका छन् । कतिपयले कण्डम प्रयोग नगर्नुको पछाडी रक्सीलाई कारक ठहरयाएका छन् ।

मदिरामा मात्तिएका बेला होस हुँदैन् लापरबाह पुर्वक सेक्स हुन्छ । कतिपयले भने पार्टनरले प्रयोग गर्ने परिवार नियोजनका अन्य साधानहरु जस्तै पिल्स तथा इम्प्लान्टको समेत प्रयोग समेत कारक भएको बताएका छन् ।बेलायतको स्वास्थ्य विभागले गरेको सर्भेक्षणमा ठूलो युवा समूह कण्डमको प्रयोगबाट बाहिरै रहेको पाएपछि प्रयोग बढाउने अभियान शुरु गरिएको बताइएको छ ।

खासगरी २५ बर्ष मुनिका युवाहरुलाई संक्रामक रोगबाट बचाउँन अभियान शुरु गरिएको हो । त्यसो त यौन स्वास्थ्यको लागि पछिल्लो आठ बर्ष यता सरकारले पहिलो पटक क्याम्पियन समेत शुरु गरेको जनाएको छ ।

सर्भेक्षणले १६ देखि २४ बर्ष उमेर समूहका करीब आधा जसो युवकहरुले नयाँ साथीसंग यौनसम्पर्क गर्दा कण्डमको प्रयोग नगरेको देखाएको थियो । त्यस्तै सर्भेक्षणले हरेक १० मध्ये एक जना युवकले कहिल्यै पनि कण्डमको प्रयोग नगरेको देखाएको छ ।एजेन्सी

फेसबुक कमेन्ट