स्पेन । गैर आवासीय नेपाली संघ स्पनेको नियमित बैठकले ६ बुँदे निर्णय गर्दे सम्पन्न भएको छ । बैठकले विभिन्न विषयमा छलफल गर्दै ६ बुँदे निर्णय गरेको एनआरएन स्पेनका प्रवक्ता हिरालाल सापकोटा (डायमन्ड) ले जानकारी दिए । उनका अनुसार बैठकले स्पेनमा रहेका सम्पूर्ण नेपालीहरुको डाटा संकलन गर्ने अभियानलाई अगाडी बनाउन पेशल कोइरालाको संयोजकत्वमा बनेको समितिलाई सकृय बनार्इ तत्काल काम सुरु गर्ने निर्णय गरेको छ ।
त्यस्तै, . गैर आवासीय नेपाली संघ स्पेनले स्पेनमा रहेका नेपालीहरुलार्इ कामको लागी सजिलो होस भन्ने हेतुले शुसी तालीम आयोजना गर्ने निर्णय गरेको छ। साथै गंगा प्रसाद भुसालको संयोजकत्वमा बिसाल ढुंगाना र रामचन्द्र पौडेल रहने गरि उपसमिति निर्माण गरिएको छ । बैठक अध्यक्ष चिन्तामणी सापकोटाको अध्यक्षतामा बसेको थियो ।






