काठमाडौं, फाल्गुन १९ । सिंगापुर फेरि पनि विश्वको सबैभन्दा महंगो शहर बनेको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट ईआईयू ले गरेको अनुसन्धान अनुसार यस वर्ष पनि सिंगापुर महंगो शहरमा दरिन पुगेको हो । सिंगापुर न्यूयोर्क भन्दा ११ प्रतिशत बढी महंगो शहर पाइएको छ ।
सिंगापुर पछि पेरिस,ओस्लो, जुरिच र सिड्नी महंगो शहर बनेको छ । यी शहरहरु अघिल्लो वर्ष पनि यही स्थानमा रहेका थिए । ईआईयूले न्यूयोर्कलाई आधार मानेर अनुसन्धानका लागि १ सय ३३ शहर छानेको थियो । शहरमा उपलब्ध हुने खाद्यान्न , लत्ता कपडा लगायत १ सय ६० विभिन्न सेवाको मुल्यलाई महंगी छनौटको मापक मानिएको थियो ।
सिंगापुरले सन् २०१३ मा टोकियोलाई उछिनेको थियो । टोकियो अहिले ११ औं महंगो शहरमा परेको छ । यस्तै विश्व कै सबैभन्दा सस्तो शहरमा पाकिस्तानको करांची, भारतको बैंग्लोर, भनेजुयलाको काराकास ,भारतको मुम्बई,चेन्नाई परेका छन् ।
सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर






