लन्डन । एनआरएनको सडक सुरक्षा समिति नेपालमा बढ्दो सडक दुर्घटना रोक्न सक्रिय देखिएको छ । नेपालका विभिन्न ठाउँमा यस विषयमा विश्वमा अपनाइने नियमका विषयमा सचेतना तथा प्रशिक्षणा जारी राखेको हो । नेपालका विभिन्नस्तरका मन्त्रीहरुसँग भेटवार्ता गर्दै अभियानलाई ब्यापक बनाएको हो ।
त्यसै सिलसिलामा हालै नेपालको सडक सुरक्षामा विशेष भूमिका निर्वाह गर्दै आएको एनआरएनको सुडक सुरक्षा समितिले भरतपुर महानगरपालिकालाई सडक सुरक्षा सम्बन्धी पुस्तक हस्तान्तरण गरेको छ । उसले अन्तराष्टिय सडक सुरक्षा सम्बन्धी सचेतना जगाउने अभियान पनि थालेको हो ।
गैर आवासीय नेपाली संघको सडक सुरक्षा उपसममितिको आयोजनामा यूनीभर्सल हाईवेय कोड्स फर अल रोड यूजस्र नामक पुस्तकको हस्तान्तरण तथा सडक दुर्घटना सम्बन्धि छलफल कार्यक्रम ओाजना गरिएको हो ।
गैर आवासीय नेपाली संघका सहकोषाध्यक्ष तथा सडक सुरक्षा उपसमितिका सहसंयोजक सोम सापकोटाले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालसँग भेट गरी संघका गतिविधिहरु र आज आयोजना हुन लागेको कार्यक्रम बारे जानकारी गराउँदै पुस्तक हस्तारण गर्नुभयो ।
सो अवसरमा दाहालले आज हुन लागेको जानकारी मुलक कार्यक्रमले चितवन जिल्लामा हुने गरेको सडक दुर्घटनालाई न्युनिकरण गर्नेमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसका साथै उहाँले विदेशमा गैर आवासीय नेपालीहरुले आर्जना गरेका ज्ञान सीप र प्रविधिको सदुपयोग गरी समृद्ध नेपाल र खुशी नेपाली भन्ने अभियानलाई सार्थक बनाउने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सडक सुरक्षा सम्बन्धि पुस्तक जिल्ला प्रहरी ट्राफिक कार्यालयका प्रमुख सन्तोष पन्तलाई हस्तान्तरण गरिएको थियो । साथै पन्तले चितवन जिल्लामा रहेका २१ वटा डाईभिंग इन्स्टीच्यूटका अध्यक्षहरुलाई वितरण गर्नको लागि सो महासंघका अध्यक्ष राजु परियारलाई हस्तान्तरण गर्नुभयो ।
पुस्तक हस्तान्तरणपछि सडक सवारी सुरक्षा सम्बन्धि विषयमा सहभागीहरुसँग छलफल गरिएको थियो । छलफल कार्यक्रममा प्रहरी ट्राफिक कार्यालयका प्रमुख सन्तोष पन्त, महासंघका अध्यक्ष राजु परियार लगायत अन्य सहभागीहरुले यस पुस्तकबाट सडक र सवारी सुरक्षा र दुर्घटनाका बारे जनचेतना अभिबृद्धि गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तो जानकारीमूलक पुस्तक उपलब्ध गराएकोमा सहभागीहरुले गैर आवासीय नेपाली संघ प्रति हार्दिक आभार प्रकट यस पुस्तकलाई साधारण मानिसले बुझ्ने गरी नेपाली भषामा उपलब्ध गराउनको लागि आग्रह गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहकोषाध्यक्ष तथा यात्रा तथा सडक सुरक्षा उपसमितिका सहसंयोजक सापकोटाले संघले गर्न लागेको सडक सुरक्षा सम्बन्धि गतिविधिहरु र यस पुस्तकमा समावेश भएका विषय बारे जानकारी दिनुका साथै यसलाई निकट भविष्यमा नै नेपाली भाषामा प्रकाशित गरिने जानकारी पनि गराउनुभयो ।
साथै उहाँले भविष्यमा चालक पेशामा विदेश जानेहरुलाई यस पुस्तक उपयोगी हुने र यस सम्बन्धी जनचेतना अभिबृद्धि गरेमा हाल वैदेशिक रोजगारका दौरान चालक पेशामा खाडी मुलुकमा गएर सडक सुरक्षा सम्बन्धी अज्ञानताको कारणले गर्दा बन्दी जिवन विताइरहेकाहरुलाई रिहा गर्नको लागि नेपाल सरकार, गैरआवासीय नेपाली संघका साथै अन्य सरोकारवाला संस्थाहरुले जुन ठूलो राशीको ब्लड मनि उठाउनु परेको छ त्यसमा कमी आइ सो रकम अन्य उत्पादनमूलक क्षेत्रमा सदुपयोग गर्न सकिने पनि बताउनुभयो ।






