अशोक दर्जिको लोकप्रियता झनझन बड्दै, उड्दैछन् मलेसिया

‘तन बिनाको धन ठुलो कि धन बिनाको तन’ गीत बाट एकाएक चर्चामा आएका अशोक दर्जि सांगीतिक प्रस्तुतिका लागि मलेसिया जाने भएका छन् । त्यहाँ जून १५ देखि १७ सम्मको कार्यक्रम रहेको संगीतकार बुढाथोकीले जानकारी दिए । मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणा संगीतकार टंक बुढाथोकीसँगै उनी जाने भएका हुन् ।

दर्जिले गाएको पहिलो गीत यतिबेला यूट्युवमा लोकप्रिय बनेको कारणले पनि धेरै देशबाट प्रस्तावहरु आइरहेको तर अहिले सम्म मलेसिया र दुबईको सेड्यूल फिक्स्ड भएको कुरा बुढाथोकीले बताए । अहिलेसम्म ६७ लाख भ्यूज पाइसकेको छ भने २२ हजार प्रतिक्रिया आएका छन् । यही लोकप्रियाताका कारण गीतको डिमान्ड देश तथा विदेशमा हुन थालेको हो ।

यसैबीच अशोकको लागि झापामा घर निर्माणको प्रक्रिया पनि अघि बढेको छ । अशोकको परिवारले रोजेको ठाउँमा जग्गा किनेर घर बनाउने काम सुरु भएको पनि बुढाथोकीले जानकारी दिए । उनका अनुसार पाँच लाख रुपैयाँमा जग्गा खरिद गरिएको छ । यो जग्गा दमक नगरपालिका वार्ड नम्बर २ मा रहेको छ । सानै उमेरमा सबैको प्रिय बनेका अशोक अहिले निकै व्यास्त देखिन्छन् ।