रोशन खड्का ,
काठमाडौं–उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चांसोका विषयमा छलफल भएको छ ।
मन्त्री पुनसंगको भेटमा अमेरिकी राजदूतले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न अमेरिका ईच्छुक रहेको बताउनुभएको छ । मन्त्री पुन र राजदूत टेप्लिजबीचको भेटमा अमेरिकाले एमसिसी नेपाल कमप्याक्टमार्फत नेपालको विकास र उर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिनुभयो । भेटमा एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्स समेत सहभागी हुनुहुन्थ्यो ।
नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहनुभएका मन्त्री पुनले अमेरिकाको सहयोगमा संचालित एमसिसीसंग सम्बन्धित कार्यक्रम समयभित्र पुरा गर्ने तयारी उर्जामन्त्रालयले गरेको बताउनुभयो । उहाले त्यसका लागी सरकारको तर्फबाट कुनै समस्या नपर्ने धारणा समेत राख्नुभयो ।
‘एमसिसी नेपाल कम्प्याक्ट महत्कांक्षी कार्यक्रम हो,यो भन्दा बढी महत्वंकाक्षी बुटवल–अत्तरिया प्रशारण लाइन बनाउने मन्त्रालयको योजना छ, त्यसैले हाम्रो तर्फबाट एमसीसीमार्फत हुने कार्यक्रममा कुनै कमी नहुने गरी काम गर्न तयार छौ ।’ मन्त्री पुनले भन्नुभयो ।
उहाले एमसीसीलाई नमुना परियोजनाको रुपमा विकास गरेर अघि बढाउने सरकारको तयारी रहेको जानकारी समेत दिनुभयो । नेपालमा राजनितिक संक्रमणको चरण पार भइसकेको भन्दै मन्त्री पुनले अमेरिकी लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीको लागी वातावरण बनाईदिन आग्रह गर्नुभयो ।
मन्त्री पुनले एमसीसी परियोजना सुरु भएको पांच वर्षभित्र निर्माण भइसक्नुपर्ने प्रावधानबारे आफु जानकार रहेको
यारीको काम पनि समयभित्र पुरा गर्न मन्त्रालयको तर्फबाट कुनै समस्या नहुने बताउनुभयो ।
एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्सले एमसीसी वैदेशिक लगानीको सुचकका रुपमा भएको बताए । उनले यसलाई संसदबाट अनुमोदन गर्न सके त्यसले परियोजना कार्यान्वयनमा सजिलो हुने धारणा समेत राख्नुभएको थियो । ‘पांच वर्षभित्र यो परियोजना पुरा हुनैपर्ने हाम्रो नियम छ,त्यसका लागी तयारीको चरण अझै केही समय बाकी रहेकाले त्यो अवधीभित्र सबै तयारी पुरा भयो भने परियोजना निर्माणमा सहयोग पुग्छ ।’ उहाले भन्नुभयो ।
एमसिसी नेपाल कमप्याक्ट परियोजनअन्र्तगत अमेरिकाले नेपालको उर्जा र सडक निर्माणमा ५० अर्ब बरावरको रकम खर्च गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
एमसीसी कम्याक्टअन्र्तगत अमेरिकाले प्रशारण लाइन निर्माणमा सहयोग गर्ने समझदारी भइसकेको छ । एमसीसीअन्र्तगत रातोमाटे–दमौली,दमौली–वुटवल,वुटवल–हेटौडा र रातोमाटेदेखी लप्सीफेदीसम्म ४ सय केवीको प्रशारण लाइन निर्माण हुनेछ । त्यसैगरी वुटवलदेखी सुनौलीसम्म अन्र्तदेशिय प्रशारण लाइन समेत निर्माण गर्ने समझदारी भइसकेको छ ।







