काठमाडौं, १८ फागुन । देशभरको मौसममा सुधार हुन अझै तीन दिन लाग्ने भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अरबी सागरमा विकास भएको जलवाष्पयुक्त वायुको प्रवेससँगै हिजोबाट देशभर सुरु भएको झरी दुई दिन निरन्तर रहने छ । जलवाष्पयुक्त वायु भएको न्युन चापिय रेखा अरबी सागरको उत्तरी भागदेखि पश्चिम नेपालसम्म बाक्लो गरी फैलिएकाले अझै दुई दिन वर्षा हुने संभावना छ ।
पुर्वी तथा मध्य नेपालका उच्च पहाडी तथा हिमला जिल्लाहरुमा आज पनि हिमपात र वर्षाको संभावना छ । उता कर्णाली अञ्चलका अधिकांश स्थानमा हिमपात भएको छ । हिमपात निरन्तर भईरहेको र तीन फिटसम्म हिउँ जमेको जनाइएको छ ।
भारी हिमपातका कारण कर्णालीका अधिकांश स्थानमा संचार सम्पर्क समेत विच्छेद भएको छ । हुम्लाको ताल्चा विमानस्थलमा दुइ फिट हिउँ जमेको जनाइएको छ । विद्युत आपूर्ति नहुँदा स्थानीय संचार माध्यमहरु पनि बन्द भएका छन् । जुम्लामा हिमपातका कारण यातायात र उडान सेवा अबरुद्व भएको छ । हिउं परेसँगै गाउँका किसानहरु भने खुशी भएका छन् । हिमपातले स्याउ लगायतका फलपूmल खेती फस्टाउने र बर्षाले सिंचाई हुन नसक्ने जमिनको खेती राम्रो हुने भएपछि कृषक खुशी भएका हुन् ।
कर्णालीमा वाक्लो हिमपात






