नायिका निशा अधिकारीले अमेरिकामा जन्म दिइन् छोरालाई

गर्भवती भएको केही महिनामै अमेरिका पुगेकी नायिका निशा अधिकारीले बिहीबार अमेरिकामा नै छोरालाई जन्म दिएकी छिन् । उनले केही महिनादेखि आफ्नो बढ्दै गरेको पेटको तस्बिर फेसबुक इन्स्टाग्राममा खुबै पोस्ट गरेकी थिइन् । क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी निशाले बैवाहिक जिवनमा निकै खुशी रहेकी बताउदै छोराको जन्मबाट खुशी बढेको बताइन ।

निशाले छोराको तस्बिर पोष्ट गरेसँगै उनलाई फेसबुकमा बधाइको ओइरो लागेको छ । उनले छोराको नाम ‘यूभान निशारद’राखेको बताउदै छोराको स्वास्थ्यस्थिती राम्रो रहेको समेत बताएकी छिन् । चलचित्र ‘झ्यानाकुटी’ रिलिजपश्चात निशा अमेरिका लागेकी थिइन् र उतै सन्तानलाई जन्म दिइन् ।