गुल्मी जिल्ला समाज यूकेको ४ डिसेम्बरको च्यारिटीमा नौमती देखि संगीत र नृत्यको भव्य तयारी

लण्डन । गुल्मी जिल्ला समाज युकेले अपागंताको सहयोगार्थ च्यारिटि कार्यक्रम भव्य रुपमा मनाउने तयारी गरेको छ ।
समाजले विश्व अपांगता दिवसको अवसरमा वर्षेनी गर्दै आएको च्यारिटी कार्यक्रम आउँदो डिसेम्बर ४ तारिख आइतबार साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल्स कम्युनिटी सेन्टरमा आयोजना गरेको समाजका अध्यक्ष बीर बलालले जानकारी दिए।
गृह जिल्ला गुल्मीकै अपागंताको क्षेत्रमा सहयोगार्थ च्यारिटि गर्न लागिएको बलालले लण्डन नेपाल न्यूजलाई बताए । समाजले बिगतमा पनि विभिन्न सहयोग गर्दै आईरहेको छ । विशेषगरी आशा अपागं केन्द्रलाई हरेक वर्ष र विभिन्न समयमा सहयोग गर्दै आईरहेको छ ।
समाजका महासचिव रुद्र थापाले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले दिउँसो १ बजेदेखि बेलुकी ९ बजेसम्म कार्यक्रम हुने र विगतका वर्षहरुमा भन्दा अझै विशेष बनाउने आफुहरुको योजना रहेको समेत बताए ।
कार्यक्रममा बेलायतका विभिन्न समुदायका व्यक्तिहरुलाई निमन्त्रणा गरिएको र भव्य र सभ्य रुपमा कार्यक्रम हुने भन्दै उनले सम्पूर्णलाई उपस्थितिका लागि अनुरोध समेत गरेका छन् । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतासगैं बेलायतको नेपाली समुदाय तथा संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् ।
कार्यक्रम संयोजक एवम् उपाध्यक्ष तारा भट्टराईले कार्यक्रममा स्वादिष्ट भोजनका साथमा गुल्मेली लोकदोहोरी गायिका रुपा घर्ती मगर, जसु गुरुङ, क्याप्टेन विर बहादुर थापाको सागींतिक प्रस्तुतीका साथमा,प्रथम गुल्मेली नौमती बाजा यूके र डिजे हेम विष्टको प्रस्तुतिका साथै स्थानीय कलाकारहरुको नृत्य एवं सांस्कृतिक प्रस्तुति थप आकर्षण हुनेछ ।कार्यक्रममा २५ पाउन्ड प्रवेश शुल्क लाग्ने बताईएको छ ।
अपागंताको क्षेत्रमा सहयोगार्थ च्यारिटि कार्यक्रमलाई विशेष प्राथमिकता दिएर उत्साहजनक सहभागीका लागि समाजका अध्यक्ष बीर बलालले सबैसगं अनुरोध गरेका छन् ।