जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को संसदलाई सम्बोधन गर्ने क्रममा चर्चित मलेठ घटनाबारे पनि बोलेका छन् । तत्कालिन एमालेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा ५ जनाको ज्यान गएको थियो ।
उनले विभिन्न राजनीतिक दलमा भएको विविधतालाई कलहको विषय बनाउन नहुने भन्दै आफू सप्तरीको जनतालाई आफ्ना कुरा भन्न गएको र उक्त कुरा बताएर फर्किंदा राजमार्गमा पुगिसकेपछि मलेठमा गोली चलेको थाहा दाबी गरेका छन् । उनले भनेका छन्, ‘ त्यो गोली किन चल्यो, कसरी चल्यो, कसले चलायो मलाई केही थाहा छैन ।’ ओलीले यस्तो दाबी गरेपनि मानवअधिकार आयोगले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा भने कार्यक्रमकै क्रममा गाली चलेको औंल्याएको थियो ।
प्रधानमन्त्री ओलीले सङ्घीय सरकार कुनै किसिमले पनि विभेद्कारी नरहेको बताउँदै प्रदेश सरकारले योजना बनाएर दिए कार्यन्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।






