एनआरएका पंजिकृत सदस्यलाई नेपाल मेडिसिटी अस्पतालले विशेष छुट दिने

लन्डन । गैर आवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई नेपाल मेडिसिटि अस्पतालमा विशेष छुट दिइने भएको छ । आज एनआरएन अध्यक्ष भवन भट्टले सो सहमतीपत्रमा हस्ताक्षर गरेसँगै सहुलियतको बाटो खुलेको हो ।  आज एक सहमती हस्ताक्षरण भएसँगै सो सहुलीयत लागू भएको छ ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट एवं गैर आवासीय नेपालीसंघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक तथा नेपाल मेडिसिटीका अध्यक्ष उपेन्द्र महतो र गैर आवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्स्थततमा भएको सहमती पत्रअनुसार नेपाल मेडिसिटी अस्पतालले गैर आवासीय नेपाली संघका पंजीकृत सदस्यहरु एवं उनीहरुको परिवारलाई फ्नो सेवा शुल्कमा छुट दिने भएको हो । गैर आवासीय नेपाली संघले पंजीकृत सदस्यहरुलाई काार्ड उपलब्ध गराएको छ ।