काठमाडौं| आफ्नो नाम भन्दा बढी ‘बले’ भनेर चिनिने हाँस्य कलाकार सागर लम्साल र नव-नायिका आरोही शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘हैरान’ जेठ ४ गते शुक्रबारदेखि रिलिज हुँदैछ| चलचित्र ‘हैरान’ले दर्शकलाई २ घन्टा मनोरञ्जनका साथसाथै देशको अवस्थाबारे पनि सचेत गराउने सागरको विश्वास छ| चलचित्रमा गजित बिष्ट, सत्यराज आचार्य, निश्मा घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।
जेठ ४ गतेबाट दर्शकमाझ रमाइलो साथै समाज र देशको अवस्थाबारे सचेत गराउने चलचित्रका साथ आउन आरोही र सागर निकै उत्सुक छन| दर्शकहरुले उक्त चलचित्रलाई मन पराउनुहुने आशा व्यक्त गर्दै चलचित्रका निर्देशक सौगात बिष्टले आफ्नो दोस्रो चलचित्रको रिलिजको पर्खाइमा रहेको बाताए| उन्ले चलचित्रको नाम हैरान भएपनी चलचित्र बनाउदा भने निकै रमाइलो भएको बाताए|







